विराटनगर । दुहबी नगरपालिका ४ स्थित मंगलबार हटिया लाग्ने खाली ठाउँमा ठुलो नेपालको झन्डा लगाउने भएको छ । सुनसरीको दुहबी ४ निवासी स्थानिय युवा अभियन्ता सुजित बस्नेतले मंगलबार हटिया लाग्ने स्थानको खाली ठाउँमा ठुलो नेपालको झन्डा लगाउने बताएका छन् ।
बढ्दो सामाजिक संजालको प्रयोग र त्यसबाट नाकारात्मक असर अहिलेका बालबालिकामा परिरहेको छ । आफ्नो देश र संस्कृतिलाई बुझ्न पनि झण्डाको महत्व र त्यसलाई प्रत्यक्ष आँखाले हेर्न पर्ने बताउदै उनले नेपाल र अन्य छिमेकी मुलुकको झन्डा पनि बिस्तारै लगाउने र यस क्षेत्रको सौन्दर्यकरण तथा यस क्षेत्रलाई शिक्षा र राष्ट्रियताको मूल मन्त्रमा बाध्ने र अघि बढ्ने बताए ।
सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झण्डा हो । यो झन्डाकोे सुन्दरता सिम्रिक रङ विवाह, व्रतबन्धलगायत कुनै शुभकार्य, चुनाव लड्दा होस् या घरमा बिदाइ हुँदा होस् या होलीमा होस् हरेक समय प्रयोग हुन्छ । महिलाको सौभाग्यको रङ पनि रातो हो । शक्ति र क्रान्तिको रङ पनि रातो हो । “नीलो भनेको शान्ति, जल र आकाशको पनि रङ हो । सेतोको अर्थ शुद्ध अथवा पवित्रता हो ।”
यस्तै दुहबी बजारलाई सौन्दर्यकरणका लागि यो कार्य आगामी ३० दिन भित्रमा पुरा गर्ने र यसको संरक्षण स्थानिय युवाहरुका समुहको रहोबरमा गरिने पनि बताएका छन् । सुजित बस्नेत युवा अभियन्ता र यस क्षेत्रका एक मेहनती स्वाबलम्बी युवा हुन् ।