‘‘रमजानमा रोजाको रौनकता‘‘

Radio Nagarik 100.4 MHz सोमबार, चैत्र २७, २०७९

विराटनगर । इस्लामी पात्रो हिजरी सम्वतको नवौं रमजानुल मुबारक महिनाको रौनक सर्वत्र छाएको छ ।
मुसलमानहरुको महान् धामिर्कग्रन्थ कुरान अवतरण भएको यो महिनालाई रोजा लिने महिनाको रुपमा लिने गरेकाले रमजान पर्वको रौनक सर्वत्र छाएको हो ।इन्सान (मानव) लाई हरेक पाप ( गुनाह) बाट बचाउन र दिलमा अरुलाई सहयोग गर्ने भावार्थको भावना जागृत गराउने भएकाले यो महिना मुस्लिम समुदायले विशिष्ट रुपमा लिने गरेको छ । एक महिनासम्म चल्ले मुस्लिम समुदायहरुले मनाउने रमजान यसपटक चैेत्र १० गतेदेखि सुरु भएको हो । रमजानमा मुस्लिम धर्मालम्वीहरु रोजा (उपवास) बस्ने गर्दछन् । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्ने प्रावधान रहको विराटनगरका हाजी जफर अहमद जमाली बताउँछन् । उनका अनुसार रोजाको समयमा मुसलमानहरु निराहार बस्ने प्रचलन रहेको छ ।रोजालिनेहरुले आफ्नो पाँचो इन्द्रियलाई नियन्त्रणमा राखी दिनभरि निराधार बसेर गरिने रोजाको धेरैनै महत्व रहेको मुस्लिम धार्मिक गुरुहरु बताउँछन। यसले हरेक व्यक्तिहरुबीच अपनत्व, ममता र प्यार बढाउने पाठ सिकाइने गरेको अञ्जुमन इस्लामिया, जामे महस्जित विराटनगर ९ स्थित बुद्धहाट चोकको सचिव तनबिर कुरेसीेले बताए । उनका अनुसार रोजाजस्तो कठिन ब्रत गर्ने मुस्लिम व्रतालुहरु रमजानको महिनालाई पुण्य कमाउने पवित्र महिनाका रुपमा आत्मसाथ गरेको पाइएको छ ।रमजान महिनाको रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य (फ्रिक) गरिएको हुन्छ ।रोजामा बिहानको ३ः३० बजेदेखि बेलुका ६ः५७ सम्म निराधार बस्ने गरेको हुन्छ । रोजा बेलुका ७ बजे (इफतारी) तोडिन्छ । रोजामा खानपिन, जेमा (श्रीमतीसंगको सम्भोग) गर्ने बञ्चित गरिएको हुन्छ। ३० दिनको यो रमजान महिनालाई अल्लाहले तीन भागमा बाडिएको बताईएको छ । पहिलो १० दिनको अवधिलाई रहमत (अल्लाहबाट बकसीस) इनाम, दोस्रो १० दिनको अवधिलाई पापबाट छुट्कारा पाउन (मगफेरत) र अन्तिम १० दिनको अवधिलाई मृत्युपश्चात स्वर्ग, जननत (जहनम से आजादी) पाउने श्रद्धाले मुस्लमानहरुले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गरेको साहेव अहमद गुड्डुले बताए । रमजानको रोजाले गरीबको दर्ज दिलमा पैदा गरिन्छ, किनकि बिहानदेखि बेलुकासम्म निराधार बसेपछि गरिबहरुले सधैं आर्थिक संकटका कारण भोखभोखै बसे कस्तो अवस्था हुन्छ भन्ने महसुस हुने गरेको, एक महिना मुस्लिम समुदायको लागि लगन, विश्वास र भरौसा (कसरथ) ले अल्लाहका समर्पण गर्न, मुस्लिमको मगफिरथ (धर्म गर्ने महिना) र जहनम (नर्क) बाट बच्ने महिनाको रुपमा मनाउने गरेको मुस्लिम धर्मगरु बताउछन। मुस्लिम समुदयलाई एक महिना गलत काम नगरी महसुस गरी, दुःखीहरु कसरी जिउने गरेको अभ्यास गराउने रुपमा समेत व्याख्यासमेत गर्ने गरिएको बताइएको छ । कतिपयले त एक वर्षसम्म इस्लाम दर्शन अनुसार जीवनयापन गर्नेको अध्यायको रुपमा बताउँछन्। रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै राति बेलुका ९ बजेदेखि दैनिक धर्मगरुबाट थप तरावीको नमाज सुन्ने प्रचलन रहेको बताइएको छ । तरावी धर्मगुरुहरुले कष्ठ गरी सुनाउनुपर्ने प्रावधान गरिएको बताइएको छ । रमजान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका बताइन्छ ।यसमा प्रत्येक मुस्लमानहरले जनही एक किलो ७ सय ५० ग्राम गहँुको मूल्य फित्तरा निकाल्नुपर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आपनो सम्पतिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्ने बताइन्छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दाअगावै निकाली सक्नुपर्छ । फित्तरा र जकातको अर्को अर्थमा गरिब मुस्लमानले पनि धनीजस्तै समानरुपमा रमजान मनाउने व्यवस्था गरिएको बताइएको छ । ‘अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्छ । रोजाको वैज्ञानिक मान्यता रहेको छ ।रोजाको अवधिमा शारीरिक रुपमा दुब्लाए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुसलमानले इस्लाम धर्मका पाँच आधारभूत शर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै शर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्ने प्रचलन रहेको मुस्लिम धर्मका अनुयायीहरु बताउछनु । अनुयायीका अनुसार तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाद अर्थात् चन्द्रमा हेर्ने प्रचलन रहेको रहरेको छ । भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाउछँन् । त्यसपछि उनीहरुले एकले अर्कोलाई अगालो मारेर इद मुवारक एवम् बधाई साटासाट गरी घरमा गएर मीठो–मीठो खानेकुरा खाने गर्छन् । तीन दिनसम्म चल्ल यो क्रममा मुस्लिमहरुले आपन ईष्ट, मित्र, आफन्तहरmलाई बोलाएर भोज भतेजको आयोजन गर्ने गरिन्छ ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!