व्यङ्ग्य कविता : पप्पी सेम सेम

हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी
भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी ।

सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन्
केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।

अघि अघि ढोके छाते पछि लाउँछन् चम्चा
जन्ताले नै दिनुपर्ने सिँगान पुछ्ने गम्छा ।

काम गर्ने बेलामा चाहिँ जहिल्यै खट पट
हाम गर्ने बेलामा चाहिँ मिल्छन् झट पट ।

तलव, भत्ता, कमिशन र घुस पनि खाए
सम्विधान ल्याउँछु भन्थे अर्की आन्टी ल्याए ।

हाम्रा नेता अङ्कलको प्वाल परेको पेट
गोबर, गिट्टी, अलकत्रा, पचाइदिन्छ जेट ।

भूत हुन् कि भूतपूर्व हुन् छुट्याउनै गाह्रो
नाङ्ग््ै छन् कि लुगा ला’छन्, खुट्याउनै साह्रो ।

लुगा लाएर आउनू अङ्कल खेलौँ फेयर गेम्
नत्र भन्छु सेम् अङ्कल पप्पी पप्पी सेम् ।

सेम् सेम् नेता अङ्कल पप्पी पप्पी सेम्
सेम् सेम् पप्पी अङ्कल पप्पी पप्पी सेम् ।

 

~लक्ष्मण गाम्नागे~

प्रतिकृया दिनुहोस

व्यङ्ग्य कविता : मौसम फेरिनेवाला छ

मौसम फेरिनेवाला छ। अब चाहनाका गाग्राहरु छचल्किने गरी भरिने छन् खुट्टामा काँडा घोचिंदा नआत्तिनुस् तुरुन्त सय जोडी हात तपाईंतिरै दौडिने छन् गल्ली

बयान नगर भो । गजल

मायाँमा नै हारें मैले जितको बयान नगर भो ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो सबै टाढा हुँदा रैछन् दुस्खै दुस्ख पर्दाखेरि सुख हुँदा नजिक आउने

अन्तिम सास सम्म माया नमार्नु है सानु

एक्लै युद्द थाल्यौ अब नहार्नु है सानु भाबुक बन्दै तड्पी आँसु नझार्नु है सानु दिन्न भन्थें एक्लै लड्न झुक्याएर गयौ यात्रा बिचमै अलपत्र नपार्नु है