राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि

SITENAME

काठमाडौँ, २८ माघ : गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । 

नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक बसेर प्रतियोगिता फागुनमा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “नगरपालिकालाई खेलको माध्यामबाट विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । 

यसअघि नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ । बालसुधार माध्यामिक विद्यालय नयाँपाटीमा हुने प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । 

प्रतियोगितामा भाग लिन चाहने विद्यार्थी तथा विद्यालयलाई फागुन १० गतेसम्म प्रवेश शुल्क र विद्यार्थी विवरण पेश गर्न नगरपालिकाले आह्वान गरेको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 रासस

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

काठमाडौँ, २ फागुन : नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई

SITENAME

टि–२० सिरिजमा नेपालद्वारा इतिहास कायम

काठमाडौँ, २० माघ : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम

SITENAME

पहिलो टी–२० मा नेपाल पराजित

काठमाडौँ, १७ माघ : घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट