सूचना प्रविधि मेला शुरु

SITENAME

भरतपुर, २५ माघ : कम्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेला शुुुुरु भएको छ । 

भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुरु मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री लामाले कृषि, पर्यटन र जलविद्युत्लाई सूचना प्रविधिसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो । सूचना, प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला मूल समिति संयोजक एवं सङ्घका शाखा अध्यक्ष भानु शर्माले बताउनुभयो । 

‘चितवनको समृद्धिः सूचना र प्रविधि’ नाराका साथ आयोजना गरिएको मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्री) तथा सफ्टवेयर, सुरक्षा सम्बन्धित सामग्री, मोबाइल, स्मार्ट टिभीलगायतका ८० कक्ष रहेका छन् । मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत राखिएको क्यानले जनाएको छ । 

पाँच दिनसम्म चल्ने उक्त मेलामा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहाने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक ‘आइडिया हन्ट’ कार्यक्रम आयोजना गरिएको सङ्घका सचिव सन्तोष भुसालले जानकारी दिनुभयो । 

मेलामा आइटीसम्बन्धी अन्तक्र्रियामा ‘डिजिटल नेपाल’ प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, केलेजस्तरीय हाजिरी जवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार मेलामा आयोजना गरिएको उहाँले बताउनुभयो । अन्तरविद्यालय नृत्य प्रतियोगिता, टोल विकास संस्थाका प्रतिनिधिलाई सूचना प्रविधिसम्बन्धी साक्षरता कार्यक्रमसमेत मेलामा आयोजना गरिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

मकवानपुरमा रु दुई अर्ब राजश्व असुली

हेटौँडा, ३ फागुन : प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु

SITENAME

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

भरतपुर, २ फागुन : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको

SITENAME

सीएमसीबाट नेपाली निर्माण व्यवसायीले भुक्तानी पाएनन्

काठमाडौँ, २१ माघ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अवरुद्ध भएको र भुक्तानी समेत रोकिएकोप्रति गम्भीर