सुन तस्करी प्रकरणमा आठलाई थुन्ने आदेश

SITENAME

 बिराटनगर २५ माघ :  मोरङ्ग उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विण्टल सुन तस्करी प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामै सुन तस्करी प्रकरण राख्ने आदेश दिएको छ । जिल्ला अदालत मोरङ्गको आदेशपछि थुनामा रहेकाहरुले उच्चमा दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले ६ जनालाई थुनामै राख्ने आदेश दिएको हो । उच्च अदालतका कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले भूजुङ गुरुङसहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए । यस अघि सुन मुद्दाका मुख्य आरोपीलाई छाड्ने विवादास्पद आदेश दिने उच्च अदालतमा मुख्य न्यायाधीश डाक्टर कुलरत्न भुर्तेलसहित पाँच जना न्यायाधीशलाई न्याय परिषदले काजमा तानेमा थियो । 
विहीवार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रष्ठ, राजु महर्जन, कपिलराज पुरी, फाल्दुङ भनिने लक्षुबहादुर गुरुङ, बेन श्रेष्ठ, डाक्टर डेभिट भनिने छिरिङ वाङ्ला घलेलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको हो । अदालतले अबु सलाम खान भनिने शैयाद अकबर र डब्बु भनिने इस्तियाज उद्दिनलाई भने जनही १० लाख धरौटीमा छाड्ने आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार रेग्मीले जानकारी दिए । उच्च अदालत विराटनगरले बालकृष्ण खडका, ठाकुरप्रसाद ढुंगाना, रेवत भन्ने रेवतकुमार आर्चाय, बिनोद अधिकारी र मोतिराम श्रेष्ठलाई धरौटीमा छाड्ने जिल्लाको आदेश पनि सदर गरेको छ । पाँच जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च गएको थियो । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानविन समितिले मोरङ्ग प्रहरीमार्फत गत बैशाख १९ गते जिल्ला अदालत मोरङ्गमा आपराधिक समुह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा दायर गरेको थियो । सुन मुद्दामा जिल्ला अदालत मोरङ्गका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले हेरेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

शुभकामना ब्यक्त गर्नुहुदै प्रदेश प्रमुख उमाकान्त झा

                                                                                                                 

SITENAME

ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

फिदिम, ३ फागुन : पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ

SITENAME

ठगी आरोपमा शिक्षक पक्राउ

बिराटनगर २५ माघ:​​​​​​​ पन्ध लाख ठगी गरेको आरोपमा प्रहरीले जनता माध्यमिक विद्यालय कटहरी–७ थलाहाका एक शिक्षकलाई पक्राउ गरेको छ । एउटा जग्गा देखाएर