ठगी आरोपमा शिक्षक पक्राउ

SITENAME

बिराटनगर २५ माघ:​​​​​​​ पन्ध लाख ठगी गरेको आरोपमा प्रहरीले जनता माध्यमिक विद्यालय कटहरी–७ थलाहाका एक शिक्षकलाई पक्राउ गरेको छ । एउटा जग्गा देखाएर खोलाको जग्गा दृष्टिबन्धक पास गरेर ठगी गरेको उजुरी परेपछि प्रहरीले शिक्षक देवनारायण विश्वासलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका विश्वासविरुद्ध ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । ठगी मुद्दामा महेन्द्र मावि विराटनगरकी शिक्षिका अंजु खड्का र काठमाण्डौँका दीर्घ ओड फरार छन् । तीन जना विरुद्ध विराटनगर–९ का प्रमोदकुमार भगतले ठगी गरेको भन्दै उजुरी गरेका थियो । रंगेली नगरपालिका–७ को जग्गा देखाएर बक्राहा खोला किनारको जग्गा दृष्टिबन्धक गराएर ठगी गरेको भगतले बताए । २०७४ बैशाख १ गते ६ महिनाभित्र फिर्ता गर्ने गरी १५ लाखमा दृष्टिबन्धक पास गरेपनि डेढ वर्षसम्म तीन जना सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी गरेको भगतले बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

शुभकामना ब्यक्त गर्नुहुदै प्रदेश प्रमुख उमाकान्त झा

                                                                                                                 

SITENAME

ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

फिदिम, ३ फागुन : पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ

SITENAME

सुन तस्करी प्रकरणमा आठलाई थुन्ने आदेश

 बिराटनगर २५ माघ :  मोरङ्ग उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विण्टल सुन तस्करी प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई