भारतले उचाल्यो इन्डो नेपाल बल ब्याटमिन्टन शिल्ड

SITENAME

बिराटनगर २४ माघ:  बल ब्याटमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा माघ २२ गते संचालन भएको इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता बिहिबार सम्पन्न भएकोछ । बिराटनगर ९, स्थित मदरटेरेसा स्कूलको खेलमैदानमा आयोजित प्रतियोगितामा भारतले नेपालका छात्रा तथा छात्र टिमलाई हराउदै बिजेताको शिल्ड प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी जम्मा १५० जना खेलाडीहरु सहभागि रहेका थिए ।

प्रतियोगिताको फाइभस इभेन्टको तेश्रो खेलमा छात्र तर्फ भारतले ३५÷१८, ३५÷१८ स्कोरले नेपाललाई पराजीत गरेको थियो भने छात्रा तर्फ ३५÷१३,३५÷२० भारतले पराजित गरेको थियो । छात्र तर्फ भारतका कप्तान राहुल कुमार, प्रभात राना, बैभव दिक्षित, फैसल खान र कुन्दन दिवानले र नेपालका राजिव राय, पप्पु यादब र अनिल यादबले सबैभन्दा बढि स्कोर गरेका थिए ।

 

छात्रा तर्फ भारतका सोनाली घोष, तुलसी कुमारी, कंचन सिंह, श्रुती जिवाने र तनु श्री तथा नेपालका सुप्रिया चौधरी, अस्मिता श्रेष्ठ, ज्योति यादवले सबै भन्दा बढी स्कोर गरेका थिए । डबल इभेन्टको छात्र तर्फ भारतले ३५÷३१, ३५÷१७ स्कोर ले पराजीत गरेको थियो भने छात्रा तर्फ भारतले ३५÷१७, ३५÷१८ स्कोरले पराजीत गरेको थियो ।

प्रतियोगितामा भारतबाट छात्र तर्फब फैसल खान र गुल्सन कुमार ले खेलेका थिए भने नेपालबाट छात्र तर्फबाट राजिव राय र मोहमद इजरायलले खेलेका थिए । छात्रा तर्फ भारतका मेघा दुकारे र खुस्बु सोनकरले खेलेका थिए भने नेपालका ज्योति यादव र संजिता दासले खेलेका थिए । मिक्स डवल इभेन्टमा भारतका सुभम् पाण्डे र श्रुती जिवानेको जोरी र नेपालका राजिव राय र ज्योति यादवको जोडीले प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा भारतले ३५÷२२, ३५÷१८ स्कोर गरी नेपाललाई पराजीत गरेको थियो ।

प्रदेश नं.१ का सभासद् जयराम यादबको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार बितरण तथा समापन कार्यक्रममा सवासद् यादबले दुई देशीय सम्बन्धलाई यस खेल प्रतियोगिताले अझ मजबुत बनाएको प्रष्ट पार्नु भयो । सास्कृतीक , भाषिक तथा धार्मिकरुपमा अत्यन्त सुमधुर सम्बन्ध रहेको नेपाल र भारतको सम्बन्ध यस्ता खालका प्रतियोगिताले व्यक्ति व्यक्ति बिचमा पनि भातृत्वको बिकास गर्नुका साथै जनमानस स्तरमा दरिलो सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउछ यादवले भन्नु भयो । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य राजेश कुमार दास, अभिभावक संघ नेपाल प्रदेश नं.१ का अध्यक्ष देवि पन्थी, प्याब्सन मोरंगका अध्यक्ष अर्जुन बस्नेतले मनतव्य राख्नु भएको थियो । कार्यक्रमका अध्यक्ष संजयकुमार यादवले भन्नुभयो यस्ता खालका खेलहरुलाई अझ प्राथमिकताका साथ संचालन र बिस्तार गर्न फेडेरेशन सदैव अग्रसर रहने प्रतिवद्ध रहनेछौं । प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइव इभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु संचालन गरिएको आयोजक अमिष रेग्मीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस
SITENAME

शुभकामना ब्यक्त गर्नुहुदै प्रदेश प्रमुख उमाकान्त झा

                                                                                                                 

SITENAME

ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

फिदिम, ३ फागुन : पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ

SITENAME

सुन तस्करी प्रकरणमा आठलाई थुन्ने आदेश

 बिराटनगर २५ माघ :  मोरङ्ग उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विण्टल सुन तस्करी प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई