चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत राख्न माग

SITENAME

काठमाडौँ, २२ माघ: नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत नै राखेर प्रदेश र स्थानीय तहमा खटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकको ज्ञान, क्षमता र वृद्धि विकासका लागि सङ्घमा आउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा पुल दरबन्दी कायम गरी प्रदेश तथा स्थानीय तहको आवश्यकताअनुसार निश्चित समयावधिका लागि काज खटाउने व्यवस्था सुनिश्चित गरेर मात्र समायोजनको प्रक्रिया अगाडि बढाउन सङ्घले आज यहाँ विज्ञप्तिमार्फत मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

सङ्घका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा स्थानीय तथा प्रदेशिक संरचनाअनुसार स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा सरुवा हुन पाउनुपर्ने प्रावधानको व्यवस्था गरी स्थानीय तह तथा प्रादेशिक तहमा चिकित्सकलाई पठाउन अनुरोध गरिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुर, १ फागुन : गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार

SITENAME

के तपाइको घाटी दुखेर समस्यामा हुनु हुन्छ यसो गर्नु होस्। 

  खराब घाँटीसंग जुध्नु पक्कै सजिलो काम होइन। घाँटी दुख्नुको पछाडी ब्याटेरियाको प्रमुख भुमिका रहन्छ। सुरुवातमा ज्वरोको जस्तो लक्षण देखिन्छ

SITENAME

वायु विकार (ग्यास्ट्राइटिस) भनेको के हो ?

डा. सूर्यबहादुर पराजुली वायु विकार (ग्यास्ट्राइटिस) भनेको के हो  ? आमाशय अथार्त पेटको श्लेश्मा झिल्कीको श्रोथ हुनु अथवा सुनिनुलाई वायुविकार