गुरुकुलको हलभित्रै दर्शक रोएपछि….

SITENAME

 

विराटनगर, २२ माघ : अहिलेको संवेदनहीन समयमा सामान्य घटनाक्रममा कोही पनि रुँदैन । नेपाली समाज यति धेरै संवेदनहीन भइसक्यो कि आफन्तकै मृत्यु हुँदा पनि आँसु झर्दैन । तर, विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा मंगलबारदेखि सुरु भएको मुनामदन नाटकले जस्तोसुकै कठोर मन भएको व्यक्तिलाई रुवाउँँछ ।
मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक चर्चित र लोकप्रिय कृति हो । युवा साहित्यकार कटवाल दीपकले नाटकमा रुपान्तरण गरेका हुन् । नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् । ‘यो नाटकले ढुंगाकै मन भएकालाई पनि पलाग्छ,” उद्योगी नन्दकिशोर राठीले भने, ‘महाकविको कृतिलाई कलाकारहरूले न्याय गरेको पाएँ ।’
फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ नाटक । मुनामदनको श्लोक वाचन गरेर विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नाटक मञ्चनको उद्घाटन गरेका थिए । उनले साहित्य, संगीत र कलाकारिता क्षेत्रलाई महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । पराजुलीले आफूले गत वर्ष पनि नाटक हेरेको बताउँदै भने, ‘त्यतिबेला आँसु थाम्नै सकेको थिइन । आज व्यस्तताले गर्दा पूरै नाटक हेर्न सक्दिनँ ।” उनी कार्यक्रमको उद्घाटन गरेर काठमाडौं गए ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरी, आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले जस्तोसुकै कठोर मन भएको दर्शकलाई पनि मुनामदनले रुवाउने प्रतिक्रिया दिए । संगठनका अध्यक्ष घिमिरेले विद्यार्थी कलाकारलाई प्रोत्साहनस्वरुप ११ हजार रुपैयाँ प्रदान गरे । अहिलेको बेरोजगारी समस्यासँगै नेपाली समाजको प्रतिबिम्बका रुपमा मुनामदन पुस्तुत भएको उनको कथन थियो ।
‘मैले त सुरुदेखि नै आँसु थाम्न सकिँन,” खोटाङ हलेसी नगरपालिकाकी उपमेयर विमला राईले भनिन्, ‘यस्तो नाटक त कहिल्यै पनि हेरेको थिइन् ।”
विराट आदर्श साहित्य मञ्चनको आयोजना सुरु भएको नाटकमा लकेश लम्साल, सरु कटवाल, सम्झना आचार्य, वर्षा न्यौपाने, मिलन चाम्लिङ, जीविका लिम्बू, नवराज गिरी, मुस्कान तिम्सिना, नवराज नेपाल, रेजन राई, सन्देश बाराकोटीलगायतले अभिनय गरेका छन् । नाटकका सबै कलाकार विद्यार्थी हुन् । मञ्चले युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न प्रेरित गर्दै आएको अध्यक्ष कट्वाल दीपकले जानकारी गराए । मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् ।
नाटक हेर्न प्राध्यापक टुनराज भट्टराई, प्याब्सन मोरङका सल्लाहकार सुनिल पौडेल, सचिव प्रेम सुवाल, सहसचिव विष्णु डंगोल, विराटनगरका अध्यक्ष इन्द्र राई, सचिव अर्जुन श्रेष्ठ, कोषाध्यक्ष शिव अधिकारी, प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मी, पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलसहित साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । यसअघि पनि यो नाटक आरोहण गुरुकुल, काठमाडौंको शिल्पी थिएटर र विराटचोकमा मञ्चन भइसकेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

शुभकामना ब्यक्त गर्नुहुदै प्रदेश प्रमुख उमाकान्त झा

                                                                                                                 

SITENAME

ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

फिदिम, ३ फागुन : पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ

SITENAME

सुन तस्करी प्रकरणमा आठलाई थुन्ने आदेश

 बिराटनगर २५ माघ :  मोरङ्ग उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विण्टल सुन तस्करी प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई