अवैध सम्पत्ति लुकाउनेलाई कारवाहीको माग

SITENAME

काठमाडौँ, २१ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । 

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबारदेखि बसेको केन्द्रीय कार्य समितिको बैठकले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल कर छली प्रकरण, बूढीगण्डकी परियोजना काण्डलगायत आर्थिक अपचलनका तथ्य सार्वजनिक भइरहेकाले ती प्रकरणको यथार्थ अनुसन्धान गर्न आग्रह गरेको छ । 
बैठकले लगानीको वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न ठोस कार्ययोजना ल्याउन, सामान्य रोजगारीका लागि विदेशिन बाध्य लाखौँ नेपाली युवालाई स्वदेश फर्काउन र जीविकोपार्जनको प्रत्याभूत गर्न माग गरेको छ । 

आज सम्पन्न बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा हिन्दूराष्ट्र र राजसंस्थाप्रति प्रतिबद्ध समान विचारधारा भएका दललाई राप्रपासँग एकताका लागि आह्वान गरेको छ । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गरेको छ । यसैगरी महामन्त्रीको सचिवालयसम्बन्धि, कोषाध्यक्षको आर्थिक र राष्ट्रिय स्वाभिमान यात्रा मूल समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ । 

धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौँदेखिको नेपाली समाजमा कायम रहँदै आएको सांस्कृतिक एकता र सद्भाव खल्बलिन नदिन तथा देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न सो बैठकले सरकारलाई आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

सभापति देउवाद्वारा जम्मु–कश्मिरको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, ३ फागुन  : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त

SITENAME

समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ : अध्यक्ष दाहाल

चितवन, २४ माघ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो

SITENAME

प्रधानमन्त्री भाषण जनताले पत्याउन छाडे : नेता अर्याल

विराटनगर,२१ माघ : काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण प्रधानमन्त्री माथि नै विश्वसनीयता घट्दै