सगरमाथा अञ्चल अस्पतालमा हाड जोर्नी सम्वन्धी विशेष अप्रेशन

SITENAME

राजविराज, १३ माघ । स्थापनाकाल देखि नै चिकित्सिकको अभाव खेप्दै आएको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा हाड जोर्नी सम्वन्धी विशेष अप्रेशन थालिएको छ ।
एकपछि अर्को सेवा सँगै पछिल्लो पटक विहीबार अस्पतालमा राजविराजकै एक बच्चाको हातको अप्रेशन गरेर स्टिल जडान गरिएको छ । स्थानीय एक १४ वर्षिय बच्चाको बायाँ हातको तल–माथिको दुबै हड्डी भाँचिएपछि पहिलो पटक उक्त बच्चाको अप्रेशन गरी स्टिल जडान गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
उक्त अप्रेशन हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. ज्ञानेन्द्र कुमार झा, एनेस्थेटिक डा. जयप्रकाश ठाकुर, डा. उदित नारायण चौधरी, डा. अमृत शाक्य समेतको टोलीले सफल अप्रेशन गरेका छन् । यस अघि अस्पतालमा प्लाष्टर मात्र हुँदैआएको थियो भने गम्भीर प्रकृतिका विरामीलाई बिराटनगर, धरान सहित अन्यत्र लगेर उपचार गराउनुपर्ने बाध्यता थियो ।

 

न्यूज टुडे अनलाईनबाट

प्रतिकृया दिनुहोस
SITENAME

घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुर, १ फागुन : गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार

SITENAME

के तपाइको घाटी दुखेर समस्यामा हुनु हुन्छ यसो गर्नु होस्। 

  खराब घाँटीसंग जुध्नु पक्कै सजिलो काम होइन। घाँटी दुख्नुको पछाडी ब्याटेरियाको प्रमुख भुमिका रहन्छ। सुरुवातमा ज्वरोको जस्तो लक्षण देखिन्छ

SITENAME

वायु विकार (ग्यास्ट्राइटिस) भनेको के हो ?

डा. सूर्यबहादुर पराजुली वायु विकार (ग्यास्ट्राइटिस) भनेको के हो  ? आमाशय अथार्त पेटको श्लेश्मा झिल्कीको श्रोथ हुनु अथवा सुनिनुलाई वायुविकार