परासीमा पहिलो पटक ब्याडमिन्टन कभर्डहल

SITENAME

नवलपरासी, ११ माघ : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खेलाडीलाई लक्षित गरी पहिलो पटक सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निमार्ण पूरा भएको छ । उक्त कभर्डहल तीन कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भएको हो । 

पाँच वर्षअघि राष्ट्रिय खेलकूद परिषद्को करीब रु ३० लाख बजेटमा मिनी कभर्डहलको रूपमा निर्माण भएको थियो । हाल खेलाडीको सक्रियता बढेपछि पूर्ण आकारसहित व्यवस्थित कभर्डहल निमार्ण गरिएको हो । परासी बजारमा पहिलो कभर्डहल निर्माण भएपछि यहाँका खेलाडी ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन् । कभर्डहल नहुँदा खुला स्थानमा खेल्दै आएका खेलाडी अहिले बिहान र साँझ कभर्डहलमा खेल्दै आएका छन् । 

स्थानीय खेलाडीको सक्रियतामा रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला खेलकूद विकास समिति, विभिन्न सङ्घ संस्था, स्थानीय उद्योगी, शुभचिन्तक तथा खेलाडी आफँैले पनि रकम उठाएर रु ८५ लाखको लागतमा कभर्डहल बनाउन सफल भएको रामग्राम ब्याडमिन्टन क्लब परासीका अध्यक्ष मेघराज गौतमले जानकारी दिनुभयो । 

कभर्डहलको सोही क्लबले व्यवस्थापन गर्दै आएको छ । कभर्डहल तयार भएपछि दिनप्रतिदिन नवआगन्तुक खेलाडी पनि ब्याडमिन्टन खेलमा आकर्षित भएको गौतमले बताउनुभयो । उहाँका अनुसार शुरुमा १५ खेलाडी रहेकामा अहिले दैनिक १०० खेलाडी खेल्ने गरेका छन् । क्लबमा ४७ खेलाडी आजीवन सदस्य छन् । 

खेलाडी आफँैले मासिक रकम सङ्कलन गरी कभर्डहलको व्यवस्थापन गर्दै आएका छन् । कभर्डहलमा अहिले तीन कोर्ट निर्माण भएका छन् भने दुईमा काठको प्रयोग गरी पार्केटिङ गरिएको छ । कभर्डहल निर्माणका लागि समाजसेवी ध्रुवबहादुर प्रधानले एक कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो भने खेलाडीलाई हौसला बढाउन व्यायामका सामग्रीसमेत क्लबलाई सहयोग गर्नुभएको थियो । 

बिरामीलाई सहयोग 

पूर्वी नवलपरासीमा रहेको विजयी सामुदायिक वन उपभोक्ता समिति मध्यविन्दु–७ चोरमाराले अल्सरबाट पीडित मध्यविन्दु–७ चोरमाराकी टीकादेवी पाण्डेलाई उपचार खर्चका लागि रु १५ हजार सहयोग गरेको छ । 

अल्सरबाट पीडित पाण्डे वनको कुशल उपभोक्ता भएकाले उपचार खर्चमा राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको वन उपभोक्ता समितिका अध्यक्ष मधुविलास अधिकारीले बताउनुभयो । उहाँले पाण्डेजस्ता धेरै आर्थिक अवस्था कमजोर भएका उपभोक्तालाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । 

त्यसैगरी अध्यक्ष अधिकारीले वनप्रति इमान्दार तथा कुशल उपभोक्तालाई आगामी दिनमा पनि आर्थिक अवस्थाअनुसार सहयोग गर्दै जानेमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

काठमाडौँ, २ फागुन : नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई

SITENAME

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि

काठमाडौँ, २८ माघ : गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ ।  नगरपालिकाले माघ २२ देखि २४

SITENAME

टि–२० सिरिजमा नेपालद्वारा इतिहास कायम

काठमाडौँ, २० माघ : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम