क्यान्सर अस्पतालको सेवा प्रभावकारी बनाउन फरक ढंगले अघि बढिरहेका छौं : डा विजयचन्द्र आचार्य

SITENAME

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन्, डा विजयचन्द्र आचार्य। गत बैशाखमा उक्त पदमा आएपछि डा आचार्यले अस्पतालको सेवालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका थिए। उनी केही हदसम्म उक्त कुरामा सफल पनि भएका छन्।

 

अस्पतालले स्थापनाको सोच अनुसार काम गर्न सकेको छ कि छैन?

हरेक क्षेत्रमा सोचअनुसार शतप्रतिशत काम गर्न सकिन्छ भन्ने हुँदैन। तर, जिम्मेवारी लिएपछि सकेसम्म अधिकतम कार्यसम्पादन तथा सेवामा जोड दिएर हामी अगाडि बढिरहेका छौं। क्यान्सरको निदान, रोकथाम, नियन्त्रण, उपचार प्रमुख थिए। त्यसपछि अनुसन्धान, रेडियो विकिरण र शैक्षिक कार्यक्रम यसका उद्देश्य थिए। क्यान्सरको रोकथाम, नियन्त्रण, उपचार र निदानमा एक तहमा उपलब्धि हासिल भए पनि शैक्षिक कार्यक्रम र अनुसन्धानमा प्रगति हुन सकेको छैन।

सेवा-सुविधा प्रवाहको अवस्था तथ्यांकमा कस्तो छ?

यहाँ नेपालका सबै जिल्लाका बिरामी आउँछन्। नेपाल बाहेक दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका लगायतबाट पनि बिरामीहरु आइरहेका छन्। सन् २०१६ मा बहिरंगमा १ लाख २१ हजार बिरामीलाई सेवा दिइएको छ। नेपालभरिका क्यान्सर बिरामीमध्ये ५० प्रतिशतलाई सेवा प्रवाह यहीँबाट भएको छ। यो ठूलो कुरा हो। पैसावाल र पहुँच हुनेहरु विदेशमा पनि जान्छन्। केहीले देशका निजी अस्पतालमा उपचार गराइरहेका छन्।

अस्पतालको संरचना कस्तो छ?

जनताले सीधा भाषामा बुझ्दा असजिलो छ। पूर्णरुपमा सरकारी होइन, ऐनको आधारमा अस्पताल आफैंमा स्वशासित रहने उल्लेख छ। तर, अहिले पनि सरकारी संयन्त्रको समन्वयमै अगाडि बढ्नुपर्छ।

क्यान्सर अस्पताल आफैंलाई उपचार गर्नुपर्ने स्थिति आएको भनेर आरोप लाग्ने गरेको छ नि१

यसको सुरुवात गर्दा निकै महत्वाकांक्षी योजनाका रुपमा गरियो। सर्वसाधारणले यसलाई प्राइभेटका रुपमा लिन्छन् र त्यही अनुसार सेवा खोज्छन्। तर, सरकारी संरचनामा काम गर्दा झन्झटिलो हुनुले पनि कतिपय सेवा प्रवाहमा ढिलाइ हुनु स्वाभाविक हो।

आरोप सबै सही नहुन सक्छन्, तर त्यसमा आंशिक सत्यता त छ होला?

बैशाख २५ बाट कार्यभार सम्हालेपछि त्यस्तो असन्तुष्टि कम गर्न लागिपरेका छौं। ३ करोड जनताका लागि एउटा संस्थाले मात्रै भार थेग्न सक्छ तरु के एउटा संस्था मात्रै पर्याप्त छ तरु भारका कारण पनि स्वाभाविक रुपमा असन्तुष्टि आउँछन्। तर, सन्तुष्टहरुले सन्तुष्टि देखाउँदैनन्, असन्तुष्टहरु असन्तुष्टि पोख्छन्।

काम गरिरहेपछि मेसिनहरु पनि बिग्रन्छन्। तर, त्यसको उचित सम्भार जरुरी हुन्छ। सन् १९९९ मा स्थापना हुँदा १० वर्षका लागि अत्याधुनिक रेडियोथेरापी मेसिन थिए। तर, ती आजसम्म पनि चलिरहन सक्छन् कि सक्दैनन्रु यसको स्थानमा नयाँ मेसिन ल्याउने तयारी गर्नुपर्छ। मलाई त्यस्तो संस्था देखाइदिनुहोस्, जो सरकारी सहयोगमा चलेर सही समयमा सेवा, सुविधा तथा व्यवस्थापनमा पनि खरो रुपमा उत्रिएको होस्। तर, यसो भन्दैमा हामीले फरक ढंगले अघि बढ्ने प्रयास नगरेका होइनौं।

नयाँ उपकरणहरु जस्तै पेट स्क्यान ल्याउन खोजेकै ४ वर्ष भयो। किन रोकियो त्यो?

म आउँदा अस्पतालको स्थिति के थियोरु अस्पतालको आवश्यकता के होरु म आउँदा एमआरआई, सिटी स्क्यान, प्याथोलोजीका रिएजेन्ट नभएको, चुस्त(दुरुस्त नभएको स्थिति थियो। उचित तरिकाले फोहोर व्यवस्थापन, लाइन प्रणाली लगायत सेवाग्राहीका लागि झन्झटिला प्रक्रिया थिए, यिनलाई प्रथामिकतामा राखेर काम गरियो। जसले गर्दा अहिले अस्पतालका नियमित सेवा रोकिएको छैन। अहिले प्याथोलोजी हेर्नुहोस्, कुनै रिपोर्ट पेन्डिङमा छैन। एमआरआई, सिटी स्क्यान आदिमा कतै लाइन छैन। सबै प्रक्रिया एकैदिन पूरा हुँदैनन्, त्यसमा समय लाग्न सक्छ।

यो अस्पताल स्थापनाकालको सोच र अवधारणा अनुसार अब अघि बढ्न सक्छ त?

धेरै सुधार भइसक्यो। केही बाँकी छन्, ती पनि हुन्छन्। भएसम्मका सेवा(सुविधा दिइरहेका छौं। कुनै व्यक्तिको नकारात्मक कुरालाई संस्थागत गरिदिनुभएन। एउटै हातका औंला बराबर छैनन्, हामी कसरी समान हुन सकौंला१ तर, सकारात्मक सोच अनुसार अघि बढ्दा सहज हुन्छ। म आएदेखि कुनै राजनीतिक दबाव छैन। कुनै युनियनको प्रेसर छैन। त्यसैले म स्वतन्त्र रुपमा काम गरिरहेको छु।

नयाँ केही के-कस्ता छन्?

हामीले नयाँ उपचार प्रविधि भित्र्याउन खोजिरहेका छौं। चाँडै ८० बेडका थप सेवा विस्तार हुँदै छ। रेडियोथेरापी सेवा बलियो र विस्तार गर्ने भएका छौं। इएचएस सेवा लागू गरेर सकेसम्म धेरै बिरामीलाई सेवा दिने तयारी थालेका छौं। सार्वजनिक बिदाका दिनमा पनि सेवा दिन सकिन्छ कि भनेर सोचिरहेका छौं। नयाँ प्रविधि र सीप भित्र्याउने, अनुसन्धान र शैक्षिक थलोका रुपमा विकास गर्ने योजना छन्। सूचना प्रविधिका हिसाबले चाँडै ‘लेस पेपर’ बनाउने अर्थात् इलेक्ट्रोनिक मेडिकल रेकर्डको व्यवस्था मिलाउने तयारी भइसकेको छ। सर्वसाधरणलाई पनि इलेक्ट्रोनिक कार्डको व्यवस्था गर्ने सोच छ। जुन यो आर्थिक वर्षमा सुरु हुन्छ।

प्रतिकृया दिनुहोस
SITENAME

श्रीदेवीको मृत्यु 'दुर्घटनावश बाथटबमा डुबेर'

नयाँ दिल्ली, भारत,  १४ फागुन : :चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको

SITENAME

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको 'कार्डिएक अरेस्ट'का कारण निधन , के हो 'कार्डिएक अरेस्ट'?

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको कार्डिएक अरेस्टका कारण दुबईमा निधन भएको बताइएको छ। नेपालमा पनि हालैका वर्षमा कार्डिएक अरेस्टको समस्या देखिने

SITENAME

स्वास्थ्य बीमा किन र नागरिकलाई के फाइदा? : डा गुणराज लोहनी

  डा गुणराज लोहनी स्वास्थ्य बीमा हेर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका पूर्व कार्यकारी निर्देशक हुन्। हालै मात्र उनले समितिबाट राजीनामा