फोरममा कम्युनिष्ट केन्द्र समाहित

SITENAME

काठमाडौँ, ७ माघ : सङ्घीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी–कम्युनिष्ट केन्द्र) समाहित भएको छ । 
आज यहाँ आयोजित कार्यक्रममा फोरम नेपालमा केशव दाहाल नेतृत्वको नेकपा कम्युनिष्ट केन्द्र समाहित भएको हो । फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एकीकृतका संयोजक दाहाललाई टीका लगाएर पार्टीमा समाहित गर्नुभएको हो । अध्यक्ष यादवले मुलुकमा सङ्घीय समाजवादी फोरम नेपालको विकल्प नै नरहेको बताउनुभयो । 

उहाँले अन्य पार्टीले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकाले फोरम नेपालप्रति आमजनताको विश्वास र अपेक्षा बढ्दै गएको बताउनुभयो । दाहालले सर्वहारा जनताको अधिकार, सङ्घीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढङ्गले उठाएकाले समाहित भएको बताउनुभयो । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि विसं २०६२ मा केशव दाहालको नेतृत्वमा उक्त पार्टी स्थापना गरिएको थियो । 

 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

सभापति देउवाद्वारा जम्मु–कश्मिरको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, ३ फागुन  : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त

SITENAME

समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ : अध्यक्ष दाहाल

चितवन, २४ माघ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो

SITENAME

अवैध सम्पत्ति लुकाउनेलाई कारवाहीको माग

काठमाडौँ, २१ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा