वाइडबडी घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

SITENAME

काठमाडौँ, ३० पुस : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वाइड बडी प्रकरण आफ्नो नाम जोडेर अन्याय गरिएको भन्दै दुःख व्यक्त गरे ।

उनले वाइडबडी प्रकरणमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको संलग्नता रहेको दाबी पनि गरे ।

सभापति देउवाले देशमा शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको दाबी गरे ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले नसकेको आरोप लगाउँदै उनले सरकारमाथि खबरदारी गर्न आह्वानसमेत गरे ।

सभापति देउवाले नेपाली कांग्रेसले छाया सरकार नभई विशेष समिति बनाएर सरकारका काम कारवाहीको मूल्यांकन र निगरानी गर्ने बताए ।

त्यसका लागि केही व्यक्तिलाई जिम्मेवारी दिइने उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

सभापति देउवाद्वारा जम्मु–कश्मिरको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, ३ फागुन  : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त

SITENAME

समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ : अध्यक्ष दाहाल

चितवन, २४ माघ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो

SITENAME

अवैध सम्पत्ति लुकाउनेलाई कारवाहीको माग

काठमाडौँ, २१ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा