वैकल्पिक शक्तिका रुपमा फोरम

SITENAME

धनुषा, २७ पुस : उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट (नेकपा) र नेपाली काङ्ग्रेसको वैकल्पिक पार्टीका रुपमा अघि बढिरहेको दाबी गर्नुभएको छ । 

आज जनकपुरमा पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले आफ्नो पार्टी वैकल्पिक शक्ति बनेको बताउँदै मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सङ्घीय सरकारमा गएको उल्लेख गर्नुभयो । वर्तमान संविधानका कतिपय धारामा हाम्रो विमति कायमै रहेको उल्लेख गर्नु हुँदै मन्त्री यादवले संविधानमा रहेका सङ्घीयता, गणतन्त्र र मौलिक हकजस्ता विषयवस्तुलाई संस्थागत गराउँदै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको अधिकार, राज्य पुनःसंरचनाजस्ता विषयको लागि सङ्घर्ष गर्दै जानुनै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । 

मधेश क्रान्ति फोरम नेपालका संयोजक नवीनकुमार यादवको नेतृत्वमा करीब २०० र नेविसङ्घका गौतम यादवको नेतृत्वमा समेत करीब २०० युवा विद्यार्थी फोरम नेपाल प्रवेश गरेका हुन् । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले युवाको बलिदानीले स्थापित प्रदेश नं २ को सरकार युवाकै भावनाअनुसार अघि बढिरहेको उल्लेख गर्नुभयो ।

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

वाइडबडी घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

काठमाडौँ, ३० पुस : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो

SITENAME

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही गर्नुपर्छ– सभापति देउवा

विराटनगर, २० पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताउनुभएको छ

SITENAME

परिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गर्नुपर्छः नेता डा कोइराला

हेटौँडा, १८ पुस : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राष्ट्रको स्वाधिनता र सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि