ब्याट्री पड्केर मृत्यु भएकाको परिवारलाई रु एक लाख राहत प्रदान गरिने

SITENAME

विराटनगर, २७ पुस : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनीमन्त्री हिक्मत कार्कीले ब्याट्री पड्केर आज मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले रु एक लाख राहत प्रदान गर्ने घोषणा गर्नुभएको छ । 

उहाँले आज कोशी अञ्चल अस्पताल पुगी मृतकका परिवारलाई तत्काल राहतस्वरुप रु २५ हजार प्रदान गर्नुका साथै घाइते भएकी छ वर्षीया राधिका मण्डलको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभयो । 

विराटनगर–१५ स्थित रामजानकी टोलमा आज सुवास मण्डलका ११ वर्षीय छोरा अमितको आगो ताप्ने क्रममा मोबाइलको ब्याट्री विष्फोट हुँदा मृत्यु भएको थियो । विष्फोटमा परी सोही ठाउँका राजेश मण्डलका छ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन् । निजको दुवै आँखाको पहिलो पत्र जलेकाले विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय गौरवका सडक आयोजना प्रगति औसत

काठमाडौँ, ५ माघ : सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

SITENAME

थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी, २ माघ :  धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ ।  वर्ष

SITENAME

तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

धनुषा, १ माघ : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ ।  सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर