मोवाइलको ब्याट्री पड्किंदा एकको मृत्यु

SITENAME

विराटनगर, २७ पुस – विराटनगर महानगरपालिका–१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक जना बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो ।
बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । निर्माणाधीन घरमा आगो बालेर खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

आगो बलेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको र सोही ब्याट्री पड्किएको हुनसक्ने प्रहरीले बताएको छ । घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय गौरवका सडक आयोजना प्रगति औसत

काठमाडौँ, ५ माघ : सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

SITENAME

थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी, २ माघ :  धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ ।  वर्ष

SITENAME

तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

धनुषा, १ माघ : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ ।  सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर