मन्त्री यादव मुम्बई प्रस्थान

SITENAME

काठमाडौँ, २७ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव भोलि शनिबार र पर्सी आइतबार भारतको आर्थिक राजधानी मुम्बईमा कन्फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिज (सिआइआई) ले आयोजना गर्ने २५ औँ साझेदारी सम्मेलनमा भाग लिने तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो । 

भारत सरकारको औद्योगिक नीति तथा प्रवद्र्धन विभाग र महाराष्ट्र प्रान्तीय सरकारसँगको सहकार्यमा आयोजित उक्त सम्मेलन ‘नयाँ समझदारीको विकासबाट नयाँ लगानीका अवसर पहिचान’.केन्द्रित हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

सम्मेलनमा नवीकरणीय लगानी प्रवद्र्धन ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, आर्थिक उन्नयनमा नवीनतम प्रविधिको प्रयोग, कृषि तथा खाद्य प्रशोधन, स्वास्थ्य सेवाबारे गहन विचारविमर्श हुनेछ । 

निजी क्षेत्रबाट सम्मेलनमा भागलिन नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको अर्को टोली पनि आजै अपराह्न मुम्बईतर्फ प्रस्थान गरेको छ । 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

शेयर बजार सात विन्दुले घट्यो

काठमाडौँ, २ माघ : धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।  नेपाल

SITENAME

तीन सडकलाई तीन करोड

गलकोट, २ माघ  : बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको

SITENAME

मंगलबार सुनको भाउ ६ वर्षयताकै उच्चविन्दुमा

काठमाडौं ,१ माघ : सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा पुगेको छ ।  सोमबार ६० हजार ६ सयमा कारोबार भएकोमा मंगलबार ४ सय रुपैयाँ बढेर सुन प्रतितोला