हुसेनलाई गोली हानी हत्या गर्ने तीन सार्वजनिक

SITENAME

इनरुवा, २६ पुस : सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । 

फिदा हुसेनको हत्याको मुख्य योजनाकार मानिएका दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, हत्याको योजनामा संलग्न तथा सहयोगी ३१ वर्षीय मोहमद जाविर हुसेन र हत्यामा प्रयोग भएको हतियार लुकाउनका लागि सहयोग गरेका लक्ष्मीनारायण मन्दिरका पुजारी दुहबी नगरपालिका–१२ सीतापुर बस्ने विशम्वर यादवलाई पक्राउ गरी सार्वजनिक गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । 

मोहम्मद सकिम हुसेनलाई घर नजिकै हिँडिरहेका अवस्थामा पक्राउ गरिएको थियो र जाविर हुसेनलाई कोशी गाउँपालिका–८ भण्टाबारीबाट र लक्ष्मीनारायण मन्दिरका पुजारी यादवलाई घरबाट बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

त्यसैगरी हत्या गरेकोमध्ये एक जना मुसरी भने दुहबी नगरपालिका– ९ का २२ वर्षीय जफर मियाँलाई बाँकै प्रहरीको सहयोगमा पक्राउ गरी सुनसरी ल्याई रहेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेकाको बयानका आधारमा फिदाको हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, सोमा लाग्ने गोली दुई थान र डाइगर (चक्कु) एक थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 

हत्यापछि दुहबी नगरपालिका–१२ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नरिवलको बोट नजिक गाडेर राखेको अवस्थामा हतियार बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । हत्यामा संलग्न पक्राउपश्चात् बयानका क्रममा हत्या सुनियोजित र रिसइवीका साथै आर्थिक लेनदेनका कारण भएको खुलेको सुनसरीका प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । हत्यामा अन्यको समेत संलग्नताको आशङ्कामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीमा चार दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । हुसेनलाई मङ्सिर ५ गते बिहान प्रात भ्रमणका क्रममा जयबाबा इँटा उद्योग नजिकैको नहरको डिलमा गोली हानी हत्या गरिएको थियो । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय गौरवका सडक आयोजना प्रगति औसत

काठमाडौँ, ५ माघ : सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

SITENAME

थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी, २ माघ :  धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ ।  वर्ष

SITENAME

तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

धनुषा, १ माघ : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ ।  सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर