साइबर सुरक्षासम्बन्धी प्राशिक्षण

SITENAME

काठमाडौँ, २६ पुस : प्रहरीलाई आज काठमाडौँमा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिइएको छ । 

प्राध्यापक डा रामहरि सुवेदीले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय अपराध महाशाखालगायत साइबर सुरक्षासँग सम्बन्धित प्रहरी अधिकृतलाई प्रशिक्षण दिनुभएको हो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर सुरक्षामा अन्य निकायभन्दा नेपाल प्रहरीको दायित्व बढी भएकाले सिकेका कुरालाई व्यवहारमा लागू गर्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । 

आगामी दिनमा साइबर सुरक्षासँग सम्बन्धित विषयमा समन्वय गर्ने बताउँदै उहाँले प्रहरी अधिकारी सूचना र प्रविधिमा दक्ष भएमात्रै सेवा चुस्त हुने बताउनुभयो । 

प्रा डा सुवेदीले साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिनुभएको थियो । साइबर अपराधप्रति सजग भई सहकार्य गरेर सचेतना फैलाउनसके अपराध न्यूनीकरण गर्न सकिनेमा उहाँको जोड थियो । 

 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

थारू सङ्ग्रहालय स्थापना गरिने : मुख्यमन्त्री राउत

लहान, १ माघ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले थारू संस्कृतिको सम्मान र पहिचानका लागि थारू सङ्ग्रहालय स्थापना गरिने बताउनुभएको छ ।  माघी

SITENAME

पर्यटनमन्त्री भारतमा : हवाई मार्गबारे कुराकानी हुने

काठमाडौँ, १ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन

SITENAME

योगले फाइदा पु¥याउने मुख्यमन्त्रीको भनाइ

हेटौँडा, १ माघ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले योग र ध्यानले मानव जीवनमा फाइदा पु¥याउने बताउनुभएको छ ।  राष्ट्रिय योग दिवस मुल समारोह