पिए नियुक्तिमा यी हेर्नुस, प्रदेश एकका सांसदहरुमा परिवार तथा नातेदार मोह

SITENAME

विराटनगर, ,२४ पुस : एक नम्बर प्रदेशका ९३ जना सांसदहरुमध्ये १ जनाले मात्र पिए नियुक्त गरेका छैनन् । पिए नियुक्त गरेकाहरु प्रायले आफ्ना नातागोतालाई प्राथामिकता दिएका छन् ।

प्रदेश साँसदका स्वकीयहरुले खरदार सरहको मासिक पारिश्रमिक पाउँछन् । पारिश्रमिक सचिवालयले सोझै उनीहरुकै बैंक खातामा पठाइदिने गरेको छ । संसद सचिवालयका अनुसार प्रदेश सभामा मोरङबाट निर्वाचित काँग्रेस सांसद शान्त पौडेलले आफ्नै छोरी प्रतिमा पौडेललाई पिएमा नियुक्त्त गरेकी छन् ।

संखुवासभाका नेकपा सांसद् तुलसी न्यौपानेले पनि छोरी बिन्दु न्यौपानेलाई स्वकीय राखेका छन् । इलामका नेकपा सांसद काजिमान कागतेले आफ्नै छोरा लाक्पा दोर्जे कागतेलाई पिए नियुक्त गरेका छन् । यस्तै कांग्रेस सांसद शिवनारायण सिंह गन्गाईले पनि आफ्नै छोरा विनायक सिंहलाई पिए नियुक्त गरेका छन् ।

झापाबाट विजयी प्रदेश सांसदहरुमा बिर्खबहादुर प्रधानले छोरीको नन्द पर्ने पार्टी कार्यकर्ता पुष्पा उप्रेतीलाई पिए नियुक्त गरेका छन् । नेकपाकै सांसद श्रीप्रसाद मैनालीको धनपति मैनालीले भतिजालाई पिएमा नियुक्त गरेका छन् ।

 यस्तै नेकपाकी सज्जा दनुवारले नातामा भदाहा पर्ने ज्ञानी दनुवार र नेकपाकी सुनिता चौधरीले भाईबुहारी बिना चौधरीलाई पिए नियुक्त गरेकी छन् ।

ओखलढुंगाका नेकपा प्रदेश सांसद मोहनकुमार खड्काले जेठा ज्वाँई (पार्टी कार्यकर्ता) लाई पिए नियुक्त गरेका छन् भने सुुनसरीकी नेकपा सांसद ज्योति सुब्बाले नातिनी कृतिका सुब्बालाई पिए बनाएकी छन् ।

धनकुटाका नेकपा सांसद निरन राईले बहिनी सरिता राईलाई पिए बनाउँदा अर्की नेकपाकी सांसद कुसुम श्रेष्ठले आफ्नै नातेदार सिमन श्रेष्ठलाई पिएमा नियुक्त गरेकी छन् । यस्तै पाँचथरकी नेकपा सांसद आशारत्न जबेगूले नातामा बहिनी पर्ने विजयादेवी जबेगुलाई पिए बनाउँदा नकेपाकै अर्की सांसद सिता थेबेले पनि बहिनी शर्मिला थेबेलाई पिए बनाएकी छन् ।

सोलुखुम्बुका सांसद तथा एमाले दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफ्ना भतिजा दिनेशराज भण्डारीलाई पिएमा नियुक्ती दिँदा संखुवासभाका नेकपा सांसद पूर्णप्रसाद राईले नातामा भान्जा पर्ने भरतकुमार राईलाई पिए बनाएका छन् । ताप्लेजुङका सांसद नेकाका प्रकाशप्रताप हाङबाङले नातामा भतिज पर्ने डम्बर हाङबाङलाई पिए बनाएका छन् भने मोरङका कांग्रेस सांसद लोकप्रसाद संगौलाले प्रदेश सभाकै कांग्रेस सांसद शेखरचन्द्र थापाकी छोरी सिलना थापालाई पिए नियुक्त गरेका छन । साँसद बिन्दिया कार्कीले छोरालाई पिए नियुक्ती दिँदा सांसद मोहम्मद ताहिर मियाँले आफ्नै नाती असलम अन्सारीलाई पिएमा नियुक्त गरेका छन् ।

इलामका नेकपाका सांसद रामबहादुर थापाले पिए नियुत्तः गरेका छैनन र त्यसवापतको कुनै सुबिधा पनि बुझेका छैनन् । एक नम्बर प्रदेश सभा सचिवालयमा प्रदेश सांसदहरुले नियुक्त गरेका उनीहरुका स्वकीयहरुको सम्पर्क नम्बर भने संकलित छैन ।

भारतीय सर्टिफिकेट पेश
केही सांसदहरुका स्वकीयहरुले प्रमाणतपत्र तहको भारतीय सर्टिफिकेट पेश गरेर नियुक्ती लिएका छन् । प्रदेश साँसद नोवोदिता चौधरीकी पिए निमेश चौधरी, सांसद गणेश काङबाङका पिए कमल खनाल सांसद बिना राईका पिए मौषम राई, चुमनारायण तवदारका पिए हेमचन्द गच्छदार, शिवनारायण गन्गाइएका पिए (छोरा पनि) विनायक सिंह, सांसद बसन्तीदेवी यादवका पिए अरविन्द यादवले भारत बिहारबाट प्रमाणपत्र तह उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका छन् ।

मन्त्री र सभामुखहरुको सचिवालयमा को–को र कहाँ कहाँका स्वकीयहरु ?

मुख्यमन्त्री शेरधन राईले मुख्य र सहायक स्वकीय सचिव र प्रेस सल्लाहकार गृह जिल्ला भोजपुरकै नियुक्त गरेका छन् । मुख्य स्वकीयमा अनेरास्ववियूका केन्द्रीय सचिव रहेका भोजपुरका मकर खड्का र प्रेस सल्लाहकारमा भोजपुरकै पूर्व पत्रकार ध्रुव सुवेदीलाई र आवास सहयोगीका रुपमा भोजपुर निवासी आफन्त मिलन राईलाई नियुक्त गरेका छन् । उनले सहायक स्वकीय अनि आर्थिक र राजनैतिक सल्लाहकार नियुक्त गरेका छैनन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मुख्य स्वकीयमा आफ्नै निर्वाचन क्षेत्र झापा गौरादहका कमला पौडेल र सहायक स्वकीयमा झापा गौरीगन्जकै धमेन्द्र राजवंशी र सूचना सहयोगीमा विराटनगरका नविन पहाडीलाई नियुक्त गरेका छन् । उनीहरु सबै पार्टी कार्यकर्ता हुन् । यसबाहेक युवा संघ कार्यकर्ता रवि खानाल पनि स्वयंसेवकका रुपमा खटिँदै आएका छन् ।

अर्थ मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले विद्यार्थी नेता अखिल क्रान्तिकारीका सचिव झापा दमकका विरेन्द्र बस्नेतलाई प्रमुख स्वकीय र गृह जिल्ला पाँचथरका पार्टी कार्यकर्ता पुजन मंग्रातीलाई सहायक स्वकीयक र पाँचथरकै पार्टी कार्यकर्ता बसन्त लावोतीलाई सहयोगी स्वकीयमा नियुक्त गरेका छन् ।

उद्योग, वन, वतारण तथा पर्यटनमन्त्री जगदिश कुसैतले प्रमुख स्वयकीमा सुनसरीका विष्णु यादलाई नियुक्त्त गरेका छन । बिष्णु अनेरास्वबियूका केन्द्रिय सदस्य हुन । यसैगरि सहायक स्वकियमा निर्वाचन क्षेत्रकै केशव मैनाली र सूचना सहयोगीमा रमेश श्रेष्ठलाई नियुक्त्त गरको छन । उनिहरु सबै पार्टी कार्यकर्ता हुन् ।

समाजिक विकासमन्त्री, जीवन घिमिरेले मुख्य स्वकीयमा कार्यकर्ताहरु विराटनगरका शुसान्त शर्मा बन्जारा र सहायकमा विराटनगरकै राजन पोखरेल र सूचना सहयोगीमा नविन पहाडीलाई नियुक्त गरेका छन् । बन्जारा युवासँघ, राजन पार्टी र पहाडी विद्यार्थी कार्यकर्ता हन् ।

सभामुख प्रदीपकुमार भण्डारीले गृह जिल्ला सुनसरी र गृह नगर धरानका पार्टी कार्यकर्ता गिरीराज अधिकारीलाई प्रमुख स्वकीय र इटहरीका एकराज दाहाललाई सहायक स्वकीय अनि धरानका विनोद राईलाई सूचना सहयोगीमा राखेका छन् । सबै पार्टी कार्यकर्ता हुन् ।

उपसभामुख सरस्वती पोखरेलले पूर्व पत्रकार सुनसरीकी ममता चौधरीलाई प्रमुख स्वकीयमा नियुक्त गरेकी छन् । उनका सूचना सहयोगी र सहायक स्वकीय छैनन् ।

एक नम्बर प्रदेशका प्रदेश सांसदहरु र उनीहरुका पिएको विवरण
अगमलाल चौधरी, सुनसरी (कांगेस) – सागरकुमरा चौधरी ।
अम्बिका थापा, उदयपुर (एमाले) – शम्भुप्रसाद शर्मा ।
अम्बरबावु गुरुङ, ओखलढुंगा (एमाले)– राजधन घले ।
अर्जुन राई, झापा (एमाले) गिरेन्द्र चौलागाईँ ।
आशारत्न जबेगु, पाँचथर (एमाले) बिजयादेवी जेबेगु(गुरुङ) बहिनी ।
ईन्दिरा राई, झापा (राप्रपा)अनुराधा श्रेष्ठ
ईन्द्रमणी पराजुली, धनकुटा (एमाले) अजय अधिकारी ।
उत्तमकुमार बस्नेत, सोलु (एमाले) स्मृति बिष्ट रायमाझी ।
उपेन्द्रप्रसाद घिमिरे, मोरङ (एमाले) अजय थापा
उर्मिला विश्वकर्मा, सुनसरी (नेकपा माओबानी) निर्मला खवतरी ।
उषाकला राई, खोटांग (एमाले) अखिलकुमार राई ।
एकराज काकी, झापा (एमाले) डिल्लिप्रसाद पाठक ।
ओम सरावगी, झापा (कांग्रेस) नारायण नेपाल ।
कला घले, उदयपुर (एमाले) सन्जिब कार्की ।
काजीमान कागते, इलाम (एमाले)लाक्पादोर्जे कागते ।
कलप्रसाद साम्बा, मोरङ (एमाले) रिना निरौला ।
कुसुमकुमारी श्रेष्ठ, धनकुटा (माओबादी ) रिना निरौला ।
कृष्णकुमारी राई, (एमाले) अरुण सुब्बा ।
केदार कार्की, (कांग्रेस) दिवस राजबशी ।

कुसुमकुमारी श्रेष्ठ, धनकुटा (माओबादी) – सिमन श्रेष्ठ
बसन्तीदेबी यादव, मोरङ (एमाले)– अरबिन्दकुमार यादव
खिनुलङवा लिम्बू, इलाम (एमाले) बिनोद सुब्बा ।
तुलसीप्रसाद न्यौपाने, संखुवासभा (एमाले) बिन्दु न्यौपाने ।
गणेशकुमार काङबाङ, पाँचथर (एमाले) कमल खनाल ।
गुलेफन मियाँ , मोरंग (एमाले) यमनाथ ढकाल ।
गोपालचन्द्र बुढाथोकी, झापा (एमाले) नारानीधि पौडेल ।
चन्द्रप्रसाद श्रेष्ठ, सुनसरी (काँग्रेस) प्रताप भट्टराई ।
चुमनारायण तवदार, मोरंग (काँग्रेस) हेमचन्द्र गच्छदार ।
जयराम यादब, मोरंग (ससझो) राकेश रोशन यादव ।
जसमाया गजनेमर, झापा (एमाले) सेबन बिश्वकर्मा ।
ज्ञानेश्वर राजबंशी, मोरंग (एमाले) कृष्णमोहन शाह ।
ज्योती सुब्बा, सुनसरी (काँग्रेस) कृतिका सुब्बा ।
झलकबहादुर मगर, (माओबादी) महेन्द्र भटराई ।
टंक आङबुहाङ लिम्बू, ताप्लेजुंग (माओबाद) प्रजिन हाङबाङ।
तुलसीप्रसाद न्यौपाने, संखुवासभा– बिन्दु न्यौपाने ।
तेजमान कान्दङबा, तेह्रथुम कुमार कान्दङबा ।
धिरेन्द्र शर्मा, ईलाम (माओबादी) छत्रबहादुर दर्लामी ।
नबोदिताकुमारी चौधरी, सुनसरी (काँग्रेस) निमेश चौधरी ।
नारायणबहादुर मगर, उदयपुर (माओबादी) भुवन केप्छाकी मगर ।
निरन राई, धनकुटा (एमाले) सरिता राई ।
पदमकुमारी गुरुङ, संखुवासभा (माआबादी) भरतकुमार राई ।
पुर्णप्रसाद राजबंशी, झापा दीपक भण्डारी
प्रतापप्रकाश हाङगाम, ताप्लेजुंग (कांग्रेस)
बलबहादुर साम्सोहाङ, ताप्लुजुङ (एमाले) भेलानाथ पौडेल ।
बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु (एमाले) दिनेश राजभण्डारी ।
बृखबहादुर प्रधान, झापा (एमाले) पुष्पा उप्रेती ।
भीमप्रसाद आर्चा, सुनसरी (एमाले) अनील राजवंशी ।
महम्मद ताहिर मिया, सुनसरी (कांग्रेस) असलम अन्सारी ।
मोेहनकुमार खडका, ओखलढुंगा (माओबादी) एकिन्द्रराज कटुवा ।
यशोदा अधिकारी, मोरंग (एमाले)राकेशकुमार राउत ।
राजकुमार ओझा, मोरंग (एमाले)मिलन बस्नेत ।
राजन राई, खोटांग (एमाले)पवनकुमार श्रेष्ठ ।
राधा थापा, झापा (ससफो) मिराकार्की थापा ।
राजिव कोइराला, सुनसरी कृष्णकुमार भगत ।
राजेन्द्रकुमार राई, भोजपुर (एमाले)सन्दिप राई ।
रामकुमार राई, झापा (ससफो) बद्रीकुमार राई
रामचन्द्र लिम्बू झापा (ससफो) केदार धिमाल ।
लछुमन तिवारी, तेह्रथुम (एमाले)प्रकाश श्रेष्ठ ।
लिलम बस्नेत, सुनसरी (एमाले) गंगाबहादुर खडका ।
लिला सुब्बा, धनकुटा । मनिका राई ।
लिलाबल्लभ अधिकारी, मोरंग (एमाले)टंक बस्नेत ।
लोकप्रसाद संग्रौला, मोरंग (कांग्रेस) शिलना थापा ।
बसन्तकुमार बानियाँ, झापा (एमाले) सानुकुमार भगत ।
बिजयकुमार बिश्वास, मोरंग (माओबाी) संगिताकुमारी चौधरी ।
बिद्ययानन्द चौधरी, मोरंग (कांग्रेस) बिकास राजबंशी ।
बिनादेवी राई, धनकुटा (एमाले)मौसम राई ।
बिन्दिया कार्की, मोरंग (कांग्रेस) रबिनसिँह कार्की । हिमाल कार्की, उदयपुर (कांग्रेस) नतासा राणा ।
बिमल कार्की, उदयपुर (एमाले)सागर नेपाल
बिष्णु तुम्वाहाम्फो, ताप्लेजुंग (संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च) केदारप्रसाद उप्रेती । शान्ता पौडेल, मोरंग (कांग्रेस) प्रतिमा पौडेल ।
होमकुमारी साँवा, ताप्लेजुंग (एमाले)गोपीलाल फफेम्सोहाङ ।
हिराकुमार थापा, झापा (एमाले) बिनोद मगर ।
सौभाग्यवतीदेवी राई, (किराँत) भोजपुर निला राई
सुर्यमाराज राई, मोरङ (कांग्रेस) मनिष कटुबाल ।
सुनिताकुमारी चौधरी, उदयपुर (एमाले) बिना चौधरी ।
सीता थेबे, पाँचथर (माओबादी) शर्मिला थेबे ।
साबित्री जोशी, सुनसरी (एमाले) मोनालिसा जोशी ।
साबित्राकुमारी रेग्मी, मोरंग (एमाले)योेगेश्वर राजबंशी ।
सर्वध्वज साँवा लिम्बू, सुनसरी (एमाले) उज्वल सिग्देल ।
सरिता थापा, संखुवासभा (एमाले) उत्तरबहादुर खडका ।
सन्जाकमारी दनुुवार, उदयपुर (कांग्रेस) ज्ञानि दनुवार ।
श्रीप्रसाद मैनाली, झापा (एमाले) धनपति मैनाली ।
शेखरचन्द थापा, मोरंग (कांग्रेस) समिर संग्रौला ।
शिवनारायण गन्गाई, (कांग्रेस) बिनायक सिँह ।

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय गौरवका सडक आयोजना प्रगति औसत

काठमाडौँ, ५ माघ : सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

SITENAME

थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी, २ माघ :  धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ ।  वर्ष

SITENAME

तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

धनुषा, १ माघ : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ ।  सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर