हरिनगरामा प्रहरीको सार्वजनिक सुनुवाई

SITENAME

सुनसरी , २४ पुस : सुनसरीको हरिनगरामा गाउँपालिका स्तरिय सार्वजनिक सुनवाई कार्यक्रम भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय हरिनगराको संयुक्त आयोजनामा नेपाल प्रहरीको कामकार्वाही, सेवा प्रवाह र नागरिकसंगको सम्बन्धका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

भारतिय सीमासंग जोडिएको गाउँपालिका भएकाले शान्ती सुरक्षा, प्रहरीको सकृयता र प्रहरीको व्यवहार सहितका विषयमा सहभागीहरुले सार्वजनिक सुनुवाईमा प्रश्नोतर गरी जिज्ञासा राखेका थिए ।

सुरक्षा व्यवस्थापन र समुदाय प्रहरी साझेदारी कार्यक्रमको औचित्यका बारेमा जानकारी गराउदै प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले गाउँपालिकाका विधार्थी बालबालिका, यूवा र जेष्ठ नागरिकसम्मलाई सचेतना कार्यक्रम गरि अपराध न्यूनिकरणमा हातेमालो गरिएको बताए ।
शर्माले प्रहरी सेवाका बारेमा नागरिकको प्रतिकृया लिने , अपराध न्यूनिकरण र नागरिक साझेदारी गर्ने, अपराध रहित समाज निर्माण, लैगिंक हिसाँ न्यूनिकरण , बवातरण संरक्षण, जनसहभागिता स्थापित गर्नका सार्वजनिक सुनुवाई कार्यक्रम गाउँगाउँमा गरेको बताए ।

कार्यक्रममा प्रमुख अथिति हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्की, हाजी उसमान मियाँ, प्रहरी निरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी निरीक्षक धिरज गुरुग, हरिनगरका वडा अध्यक्षहरु लतिफ मियाँ, इनुस मियाँ, अरविन्दकुमार मेहता, सुदिलाल मेहता, अध्यक्ष सबिब मियाँ, इसराईल आंसरी, नसिर खाँ , सहकारी संस्थाका बद्री प्रसाद यादव, श्यामलाल मेहता, अलाउदीन मियाँ, भगवतीप्रसाद मेहतो, हरिनारायण शाह, सुमित्रा मेहताले प्रहरीसमक्ष जादाँ कुनै सुनुवाई नभएको, सामाजिक विकृति , बालविबाह, घरेलु हिसाँ बढेको, सामुदायीक प्रहरी साझेदारी कार्यक्रम लागु भएपछि शान्ती सुरक्षाको अवस्था राम्रो भएको, सीमामा भारतीय मोटरसाईकललाई निर्वाध आवतजावतले सुरक्षा चुनौती बढेको बताएका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय गौरवका सडक आयोजना प्रगति औसत

काठमाडौँ, ५ माघ : सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

SITENAME

थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी, २ माघ :  धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ ।  वर्ष

SITENAME

तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

धनुषा, १ माघ : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ ।  सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर