सर्वस्वसहित जन्मकैदको सजाय पाएका कुशवाहालाई सफाइ

SITENAME

काठमाडौँ, १३ पुस : सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाहालाई सफाइ दिएको छ । 

न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज हिन्दू युवा सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका उहाँलाई सफाइ दिएको हो । 

आदेशमा भनिएको छ, “सर्वस्वसहित जन्मकैद गर्ने गरी २०७४ फागुन २५ गतेको फैसला मिलेको नदेखिएको यो हदसम्म फैसला केही उल्टी भई प्रतिवादी कुशवाहालाई अभियोग दावीबाट सफाइ पाउने ठहर छ ।” 

उहाँलाई बबिता तिवारीको जाहेरीमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले तिवारीको हत्याको अभियोगमा जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेशमा उहाँलाई सफाइ पाउने ठहरेकाले थुनामा राख्नुनपर्ने भए आजै थुनामुक्त गरिदन समेत भनेको छ । कुशवाहालाई वीरगञ्ज कारागारमा राखिएको थियो । तिवारीको २०६७ असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो । 

 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

वाइडबडी घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

काठमाडौँ, ३० पुस : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो

SITENAME

वैकल्पिक शक्तिका रुपमा फोरम

धनुषा, २७ पुस : उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट (नेकपा) र

SITENAME

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही गर्नुपर्छ– सभापति देउवा

विराटनगर, २० पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताउनुभएको छ