बधशाला निर्माणले पूर्णता पाउने

SITENAME

विराटनगर १२ पुस : विराटनगर महानगरपालिका–८ स्थित रहेको बधशालाले पूर्णता पाउने गरी गृहकार्य थालिएको छ । 
महानगरले बधशाला निर्माणका लागि सरकारसँग लामो समयदेखि रकम समेत माग गर्दै आएको थियो । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो ,नगरप्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र बधशाला निर्माणको सहयोगी संस्था हेफर इन्टरनेशनलका प्रतिनिधि समेतले बधशालाको बिहीबार स्थलगत निरीक्षण गर्नुभएको थियो । 
निरीक्षणपछि बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले प्रदेश सरकारले रु तीन करोड सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जनताले स्वस्थ्य मासु खान पाउने अभिलाशाले बनाउन लागिएको बधशालाले पूर्णता पाउने अपेक्षा आफूले राखेको बताउनुभयो । 
विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले निर्माणाधीन अवस्थामा रहेको बधशाला केही वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिने भन्दै बधशालाका लागि महानगरबाट यस वर्ष रु एक करोड २० लाख रकम बिनियोजन गरिएको जानकारी दिनुभयो । 
उक्त कार्यक्रमका लागि हेफर इन्टरनेशनल नेपालले रु एक करोड ४० लाखको प्राविधिक सहयोग गर्ने घोषणासमेत गरेको छ । यस्तै डा बोधप्रसाद पराजुलीले उक्त बधशाला स्तरीय बन्ने र विराटनगर, इटहरी, दुहवीमा गरी दैनिक पाँच हजार ५१४ केजी मासु खपत हुने र यसका लागि २७५ खसी बोका काटिने गरेको जानकारी दिनुभयो । 

 

 


 

प्रतिकृया दिनुहोस
SITENAME

शुभकामना ब्यक्त गर्नुहुदै प्रदेश प्रमुख उमाकान्त झा

                                                                                                                 

SITENAME

ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

फिदिम, ३ फागुन : पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ

SITENAME

सुन तस्करी प्रकरणमा आठलाई थुन्ने आदेश

 बिराटनगर २५ माघ :  मोरङ्ग उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विण्टल सुन तस्करी प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई