न्यूरो अस्पतालले गरे ९५ वर्षीय वृद्घको मस्तिष्कघातको सफल शल्यक्रिया

SITENAME

विराटनगर , १३ पुस : न्यूरो अस्पताल विराटनगरले ९५ वर्षीय वृद्घको मस्तिष्कघातको सफल शल्यक्रिया गरेको छ । भारत पूर्णियाका ९५ वर्षिय मस्कुरु रहमानको सफल शल्यक्रिया गरेको हो । 
डेढ महिनाअघि घरमै लडेर टाउकोमा चोट लागेका रहमानको उपचारका लागि छोरा अब्दुलले न्यूरो अस्पताल ल्याएका थिए । मस्तिष्कघातका कारण दाहिने भाग प्यारालाइसिस भएका रहमानलाई मंसिर १९ गते अस्पताल भर्ना गरिएको थियो । 
अस्पतालका वरिष्ट न्यूरो सर्जन डा.यमबहादुर रोक्का नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि गत मंसिर २७ गते डिस्चार्ज भई घर गएका रहमान विहिवार फलोअपका लागि अस्पताल आएका थिए । अहिले ठिक छु ९५ वर्षीय रहमानले भने समयमा नै विराटनगर आएकाले राम्रो उपचार भयो । 
टाउकोको देब्रे भागमा चोट लागेका रहमानका छोरा अब्दुलले पूर्णियामा सिटीस्क्यान गराउँदा मस्तिष्कघात भएको थाहा पाएका थिए । सिटिस्क्यानमा रगत जमेको देखिएपछि विराटनगर ल्याएर उपचार गर्दा १ लाख २० हजार भारु खर्च भएको उनले बताए । भारतकै सिलीगुडी जान सल्लाह दिएका थिए उनले भने सिलीगुडीमा ५ लाखले पनि पुग्ने थिएन ।
सामान्यतया दुर्घटना र टाउकोमा चोटपटक लाग्दा रगत जम्ने समस्या हुने चिकित्सकको भनाई छ । टाउकोको देब्रे भागमा चोट लाग्दा दाहिने भाग प्यारालाइसिस भएर बोली बन्द हुने बताउदैँ उनले दाहिने भागमा प्यारालाइसिसको लक्षण देखिने चिकित्सकहरु बताउँछन् ।

 

 

उदघोष देनीकवाट

प्रतिकृया दिनुहोस
SITENAME

भान्टाः ग्याष्ट्रिकदेखि मधुमेहसम्मको औषधी

डा. केदार कार्की भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन,

SITENAME

रु ८७ लाखको मेडिकल उपकरण प्रदान

काठमाडौँ, २६ पुस ः जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई रु ८७ लाख नेपाली बराबरको क्यान्सर निदानसम्बन्धी

SITENAME

‘समायोजन प्रक्रियामा देखिएका समस्या सम्बोधन गरिने’

काठमाडौँ, १३ पुस : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसमक्ष मन्त्रालयअन्तर्गतका ११ पेशागत सङ्घ÷सङ्गठनका नेतृत्वले