देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

SITENAME

विराटनगर ,८ भदौ :सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिकाले एक कार्यक्रम वीच देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको हो । गाउँपालिकाको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको हो । शुक्रबार गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले देवानगंज स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।   समयमा स्वास्थ्य संस्था सम्म विरामीलाई पुर्याउन नसकेको कारण धेरैले अकालमा ज्यान गुमाउनु परेकोले एम्वुलेन्सको लागि पहल गरेको अध्यक्ष मेहताले बताउनुभयो । एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा भौक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव देवानगंज गाउँपालिकाका उपाध्यक्ष पुनिता यादव,वडा अध्यक्षहरु सूर्यनारायण पाल ,मजलुम अंसारी, अनिल भगत,चन्देश्वर मेहता, अशोक यादव,वद्री यादव,प्रशासकीय अधिकृत त्रिलौचन न्यौपाने लगायतको उपस्थिति रहेकको थियो । २ नं वडाका वडा अध्यक्ष अंसारीले अध्यक्ष मेहताले गरेको पहलको प्रशंसा गर्दे भने  एम्वुलेन्स सहयोगले देवानगंज गाउँपालिकावासि खुसिले गद्गद भएको बताउदैँ संरक्षण र सम्र्वधनको लागी लाग्ने बताउनुभयो । यो भन्दा अघि देखि नै वडा नम्वर ३ स्थित कप्तानगंज स्वास्थ्य चौकी अन्तरगत भारत सरकारको सहयोगमा एम्बुलेन्स संचालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बीपीमा सेवा शुल्क बृद्धि

धरान ७ साउन : सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शल्यक्रिया बेड शुल्क ल्याब टेस्टलगायत शुल्क १ण् प्रतिशतले बृद्धि

SITENAME

२० हजार भन्दा बढी बिरामीको स्वास्थ्य शिविरबाट उपचार

विराटनगर, ३ असार : विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क

SITENAME

लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए

तुलसीपुर, दाङ, ४ असार : तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी