देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

SITENAME

विराटनगर ,८ भदौ :सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिकाले एक कार्यक्रम वीच देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको हो । गाउँपालिकाको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको हो । शुक्रबार गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले देवानगंज स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।  

 

समयमा स्वास्थ्य संस्था सम्म विरामीलाई पुर्याउन नसकेको कारण धेरैले अकालमा ज्यान गुमाउनु परेकोले एम्वुलेन्सको लागि पहल गरेको अध्यक्ष मेहताले बताउनुभयो । एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा भौक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव देवानगंज गाउँपालिकाका उपाध्यक्ष पुनिता यादव,वडा अध्यक्षहरु सूर्यनारायण पाल ,मजलुम अंसारी, अनिल भगत,चन्देश्वर मेहता, अशोक यादव,वद्री यादव,प्रशासकीय अधिकृत त्रिलौचन न्यौपाने लगायतको उपस्थिति रहेकको थियो । 

     २ नं वडाका वडा अध्यक्ष अंसारीले अध्यक्ष मेहताले गरेको पहलको प्रशंसा गर्दे भने  एम्वुलेन्स सहयोगले देवानगंज गाउँपालिकावासि खुसिले गद्गद -गद्गद भएको बताउदैँ संरक्षण र सम्र्वधनको लागी लाग्ने बताउनुभयो । यो भन्दा अघि देखि नै वडा नम्वर ३ स्थित कप्तानगंज स्वास्थ्य चौकी अन्तरगत भारत सरकारको सहयोगमा एम्बुलेन्स संचालनमा रहेको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

काठमाडौँ, १० साउन : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा

SITENAME

कारागारकी युवतीबाट शिशुको जन्म

भद्रपुर, १० साउन रासस : जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार

SITENAME

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार  :  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित