कारागारकी युवतीबाट शिशुको जन्म

SITENAME

भद्रपुर, १० साउन रासस : जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । 
कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् । 
आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र आजै अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागार प्रमुख निरौलाले बताउनुभयो । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् । इलाका प्रहरी कार्यालयले गत चैतमा बिर्तामोडको एक होटलबाट पक्राउ गरेर उनीमाथि सार्वजनिक मुद्दा दर्ता गरेको थियो । झापा जिल्ला प्रशासन कार्यालयले उनलाई रु पाँच हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी कारागारमा थुना परेकी हुन् । 

प्रतिकृया दिनुहोस
SITENAME

देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

विराटनगर ,८ भदौ :सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिकाले एक कार्यक्रम वीच देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको हो ।

SITENAME

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

काठमाडौँ, १० साउन : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा

SITENAME

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार  :  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित