बीपीमा सेवा शुल्क बृद्धि

SITENAME

धरान ७ साउन : सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शल्यक्रिया बेड शुल्क ल्याब टेस्टलगायत शुल्क १ण् प्रतिशतले बृद्धि गरेको छ । विरामीको उपचारबाट दैनिक सरदर ३० लाख रुपैँया आम्दानी गर्दै आएको प्रतिष्ठानले साउन पहिलो सातादेखि लागु हुने गरेको होर । प्रतिष्ठानले ओपीडि इमर्जेन्सी कार्डको ११० जनरल बेड प्रतिदिन ६५० एसीबिनाको प्राइभेट बेड १ अनार ७ सय एसिसहितको प्रइभेट बेड प्रतिदिन २२ सय र नर्सरी बेड २ सय ५० रुपैँया तोकेको छ । शल्यक्रियातर्फ सामान्यको २ हजार ८ सय मध्यमस्तरको शल्यक्रियाको ६ हजमर ५ सय , मेजर शल्यक्रिया को १२ हजार ल्याप्रोस्कोपिक सर्जरीको १५ हजार, ल्याप्रोस्कोपिक एपेन्डेक्टोमीको १४ हजार, प्रस्टेटको जाँच तथा उपचार टियूआरपी, ओआईसिलगायतको १६ हजार ५ सय तोकिएको छ । प्रतिष्ठानका प्रवक्ता पशुपति चौधरीले ३ वर्षदेखि शुल्क वृद्धि नगरिएकाले यो आबदेखि १० प्रतिशत बढाएको बताउनु भयो । प्रतिष्ठानमा शल्यक्रिया गर्दा अधिकतम १५ हजार रुपैँया परेपनि निजीमा ६० हजारदेखि १ लाख रपैँयासम्म पर्ने भएकोले सहंगो नभएको उहाँको दावी छ । 
   प्रतिष्ठानमा विरामीले चाप धेरै हुँदा सेवा पाउन सर्वसाधारणले पालो कुर्नुपर्ने बाध्यता छ । पछिल्लो समय सामाजिक स्वास्थ्य सुरक्षा बिमा पनि लागु भएकाले सर्वसाधारणलाई आर्थिक भार कम हुने प्रवक्ता डा.चौधरीको विश्वास छ । शुल्क तिर्ने नसक्ने विरामीका लागि अधिकारीक रुपमा गाउँपालिका, नगरपालिकाले दिएको सिफारिसका आधारमा निःशुल्क उपचार दिदैँ आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले निःशुल्क उपचार सेवामा वार्षिक करिब साढे २ करोड खर्च भएको जनाएको छ । प्रतिष्ठानमा दैनिक ३ हजार नयाँ बिरामी उपचारका लागि आउने गर्छन् । 
 

प्रतिकृया दिनुहोस
SITENAME

देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

विराटनगर ,८ भदौ :सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिकाले एक कार्यक्रम वीच देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको हो ।

SITENAME

२० हजार भन्दा बढी बिरामीको स्वास्थ्य शिविरबाट उपचार

विराटनगर, ३ असार : विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क

SITENAME

लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए

तुलसीपुर, दाङ, ४ असार : तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी