भगत आयल ट्रेडर्स देवानगंजका संचालक कालोवजारीको आरोपमा पक्राउ

SITENAME

विराटनगर ,७ साउन : एक बर्ष देखि नियमित हुदै आएको डिजल र पेट्रोलको चोरी पैठारी अझै नियन्त्रण भएको छैन ।  नेपाल आयल निगमले गरेको पछिलो मूल्य वृद्धि  पछि पनि नेपाल भन्दा भारतमा डिजल प्रतिलिटर २८ रुपैया र पैट्रल प्रतिलिटर २५ रुपैया महगो भएको कारण चोरी पैठारीले निरन्तरता पाएको हो ।
शनिवार  राती सुनसरीको दक्षिणी सिमावर्ती देवानगंज गाउँपालिका स्थित रहेको भगत आयल ट्रेडर्सका संचालक दिपनारायण भगतलाई भारतीय नागरिक सँग  बढि मूल्य लिएर डिजलको कालोवजारी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । तर आईतवार २४ घन्टा नवित्दै राजनैतिक दवाबका कारण सामान्य कागज गराएर छौडीएको छ । नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले भने हामीले भिडियो सहित स -प्रमाण लिखित रिर्पोट गरियो तर यसरी सजिलो गरी छोड्दा हामी जस्ता तल्लो तहमा काम गर्ने प्रहरीलाई निरास बनाएको छ    । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण चिमोरीयाका अनुसार कुनै किसिमको  उजुरी र कालोवजारी गरेको ठोस प्रमाण नभएकाले छाड्नुपरेको बताउनुभयो ।
यसरी धान रोपाइको सिजनमा किसानले डिजल नपाउनुले पनि कालोबजारी भईरहेको भन्ने पुष्टि गर्दछ । यसरी तेल नपाएको ब्यापक जनगुनासो भईरहदा स- प्रमाण सहित पेट्रल पम्पको मालिकलाई प्रहरीले समातिनु र छोडीनुले प्रहरी माथि पनि प्रश्न चिन्ह खडा भएको स्थानिय परेश मेहता बताउछन् । मेहताका अनुसार अहिले डिजल र पेट्रोल तस्करी गर्ने तस्करहरुले बालवालिकालाई प्रयोग गरेर साईकलमा दश लिटरका दरले पटक पटक लग्ने गरेका छन् । तस्करले नयाँ तरिका अपनाएर  हजारौ लिटर डिजल भारत चोरीपैठारी गर्नेगरेको छ  । यस्ता गतिविधिहरु स्थानिय राजनैतिक दलका केही ब्यक्तिहरुको आडमा पनि प्रसय पाईरहेको श्रोतको दावी छ । 
अहिले महिनाको अन्तमा विक्रिवितरण भएको तेलको विवरण गाउँपालिकाबाट प्रमाणित गरि नेपाल आयल निगममा पेश गर्नुपर्ने प्रावधान निगमले लागुगरेको छ । जसमा भगत आयल ट्रेडर्सले  जेठ महिना भरिमा पेट्रोल ३९८७४  लिटर र डिजल ९९६५५ लिटर सहि तरिकाले विक्रिवितरण भएको गाउँपालिकाले असार १३ गते पठाएको पत्रमा उल्लेख गरिएको छ भन्ने असार महिनाको विबरण पेश गरिएको छैन  । किसानले डिजल नपाईरहेको गुनासो भईरहदा गाउँपालिकाले सहि तरिकाले  विक्रिवितरण भईरहेको छ भन्नु यसैबाट प्रष्ट हुन्छ कालोबजारी शक्तिको आडमा भईरहेको स्थानिय हारिस अंसारीको आरोप रहेको छ ।
पूर्वमा देनीक डिजल ८ केल र पेट्रोल २ सय ५० केल बजारमा पुग्छ  । जस मध्ये अधिकांश डिजल र पेट्रोल भारत तर्फ चोरी पैठारी भएको पुष्टिभएपछि निगमले स्थानीय प्रहरी प्रशासन सँग सहकार्य गरेर नियन्त्रणको प्रयास सुरुगरेको निगमका क्षेत्रीय डिपो प्रमुख भानुभक्त खनालको भनाई छ । उहाँका अनुसार पम्पवालालाई पनि वास्तवीक उपभोक्ता पहिचान गरेर मात्र डिजल पेट्रोल उपलब्ध गराउन निर्देन दिएको छ । उहाँका अनुसार सीमावर्ती क्षेत्रका पम्पलाई दिइने इन्धनमा दैनीक चार हजार लिटर कटौती गरिएको छ । सीमावर्ती क्षेत्रका पम्पले बढी पैसा लिएर सीमा पारी पेट्रोलियम पदार्थ पुरयाउने गरेको आशंकामा त्यस्ता पम्पले पाउने गरेको दैनीक १२ हजार लिटर डिजललाई ८ हजारमा झारे पनि तस्करी रोकिएको छैन ।
हालको मुल्य अनुसार नेपाल आयल निगमलाई डिजेलमा प्रतिलिटर २ रुपैया ९० पैसा र पेट्रोलमा ६२ पैसा घाटा रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय गौरवका सडक आयोजना प्रगति औसत

काठमाडौँ, ५ माघ : सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

SITENAME

थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी, २ माघ :  धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ ।  वर्ष

SITENAME

तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

धनुषा, १ माघ : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ ।  सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर