२० हजार भन्दा बढी बिरामीको स्वास्थ्य शिविरबाट उपचार

SITENAME

विराटनगर, ३ असार : विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । जेठ १ देखि ३१ गतेसम्म पूर्वका बिभिन्न जिल्लामा २१ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँ–गाउँका बिरामीको निःशुल्क उपचार गरिएको   अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मोरङ, झापा, सुनसरी, धनकुटा, संखुवासभा, सप्तरी, उदयपुर लगायत जिल्लामा निःशुल्क शिविर गरिएको छ । निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा मानसिक रोग लगायतको उपचार गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे पनि निःशुल्क उपलब्ध गराईएको जनाइएको छ । उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिनुभयो । गतवर्ष नोबेलले झन्डै २१ करोड बराबरको निःशुल्क उपचार गरेको जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

विराटनगर ,८ भदौ :सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिकाले एक कार्यक्रम वीच देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको हो ।

SITENAME

बीपीमा सेवा शुल्क बृद्धि

धरान ७ साउन : सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शल्यक्रिया बेड शुल्क ल्याब टेस्टलगायत शुल्क १ण् प्रतिशतले बृद्धि

SITENAME

लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए

तुलसीपुर, दाङ, ४ असार : तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी