कार्यकारी राष्ट्रपतिय प्रणाली हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने- कांग्रेस नेता केसी

SITENAME

विराटनगर, ३ असार : नेपाली कांग्रेसका  केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली  व्यवस्था हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने वताउनु भएको छ । विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुक संघियतामा गई सकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्थाले सम्पुर्ण शक्ति केन्द्रिकृत हुने भएकाले निरंकुशता कायम हुने वताउनुभयो । नेता केसीले नेपालको संविधान सम्झौताको दस्तावेज भएको वताउदै राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रीत हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धतिमा लोकतान्त्रिक समावेशी हुने र  यो नै नेपालको लागि   उपयुक्त हुने दावी गर्नुभयो ।  कार्यकारी राष्ट्रपति प्रणाली  विषयमा नेपाल कम्युनिष्ट पार्टिका शिर्ष नेताले कुरा उठाए पनि त्यो कार्यान्वय हुने कुरा असम्ंभव रहेको उहाले वताउनुभयो  ।

उहाँले पाचवर्ष पछि  नेपाली कांग्रेसलाई सवैभन्दा ठुलो पार्टी वनाउनेगरी कांग्रेसले सशक्त भएर प्रतिपक्षको भुमिका निर्वाहगर्ने वताउनुभयो । उहाले  सरकारको कामको मूल्याँकन , निरीक्षण  र परिक्षण गरेर राम्रा काममा सहयोगगर्ने वताउनुभयो । काग्रेसलाई सुदृढिकरण र संगठित वनाउन पार्टी नेतृत्व तह जिम्मेवार हुनुपर्नेमा उहाले जोड दिनुभयो ।  उहाँले नेपाली कांग्रेसको विधान  संघीय स्वरुपमा  शंशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि अगाडि वढनु पर्ने वताउनुभयो । 

प्रतिकृया दिनुहोस
SITENAME

लेबनानमा संसदीय निर्वाचनका लागि मतदान सुरु

बेरुत, २३ वैशाख : लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ ।  कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले

SITENAME

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

काठमाडौँ, २२ वैशाख : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको

SITENAME

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

काठमाडौँ, २ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा