मलेसियाका प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको नामावली राजा समक्ष पेश

SITENAME

क्वालालम्पुर, ४ जेठ : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो मन्त्रीपरिषद्का थप सदस्यहरूको नामावली राजा समक्ष पेश गर्नु भएको छ । 
राष्ट्रप्रमुख समेत रहनुभएका राजा मोहमद पाचौं समक्ष प्रधानमन्त्री मोहमदले शुक्रबार नामावली पेश गर्नु भएको अधिकारीहरूले बताएका छन् । 
मन्त्रीहरूलाई आउदो सोमबार गोपनीयताको सपथ ग्रहण गराउनुका साथै पद बहाली समेत गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
राजालाई बुझाइएको १४ सदस्यीय मन्त्रीपरिषद्को नामावलीमा उपप्रधानमन्त्रीको रूपमा वान अजिजा वान स्माइलको नाम उल्लेख छ । 
मन्त्रीहरूको सूचीमा सत्तारुढ गठबन्धन पाकातान हारापानमा रहेका चार दलको तर्फबाट बराबर सहभागिता रहेको छ । 
महाथिरले पुर्वयोजना अनुसार नै शिक्षा मन्त्री आफ्नो पार्टी मलेसियान युनाइटेड इन्डिजेनियस पार्टीका मस्ली मालिकलाई बनाउनुभएको छ । 
पिपुल्स जस्टीस पार्टीबाट आर्थिक मामिला मन्त्री बन्नु भएका मोहमद अज्मीन बिन अली सेलाङगोर राज्यका मुख्यमन्त्री समेत हुनुहुन्छ । 
कुनै राज्यको मुख्यमन्त्री केन्द्रीय मन्त्री बन्नु दुर्लभ भएको बताइएको छ । उहाँले केन्द्रीय मन्त्री बनिसकेपछि मुख्य मन्त्री पद छाड्ने कि नछाड्ने भन्ने बारेमा अझै सम्म स्पष्ट भइसकेको छैन । 
प्रधानमन्त्री महाथिरले आफ्नो मन्त्रीपरिषद् सानोे हुने र बढीमा २५ सदस्यीय मात्रै हुने बताउदै आउनुभएको छ । 
महाथिर नेतृत्वको गठबन्धनले केही दिन अगाडी सम्पन्न आमनिर्वाचनमा जीत हाँसिल गरेर नयाँ सरकार बनाएको हो । 
बयानब्बे वर्षीय प्रधानमन्त्री महाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताउनुभएको छ । 
यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिनुभएका महाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै पुनः राजनीतिमा फर्किनु भएको हो । 

 

 

 

 

 

 

 

 

 

 

 

 

सिन्ह्वा

प्रतिकृया दिनुहोस
SITENAME

अफगानिस्तानमा युद्धविरामको समय थप

जलालावाद, अफगानिस्तान, ३ असार : अफगानिस्तानको सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको छ ।  अफगानिस्तानका राष्ट्रपति

SITENAME

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

नयाँ दिल्ली, भारत, १ जेठ : उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति

SITENAME

लेबनानमा संसदीय निर्वाचनका लागि मतदान सुरु

बेरुत, २३ वैशाख : लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ ।  कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले