भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

SITENAME

नयाँ दिल्ली, भारत, १ जेठ : उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो । 
भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ । 
घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ । 
एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकीन भैनसकेको बताए । थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए । 
स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १२ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ । मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक जना प्रत्यक्षदर्शीले बताए । 

 

 

 

 

 

 

 

 

 

 

 

 

सिन्ह्वा

प्रतिकृया दिनुहोस
SITENAME

मलेसियाका प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको नामावली राजा समक्ष पेश

क्वालालम्पुर, ४ जेठ : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो मन्त्रीपरिषद्का थप सदस्यहरूको नामावली राजा समक्ष पेश गर्नु भएको छ

SITENAME

लेबनानमा संसदीय निर्वाचनका लागि मतदान सुरु

बेरुत, २३ वैशाख : लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ ।  कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले

SITENAME

काश्मिरमा सेनाले चलाएको गोली लागि एक प्राध्यापकसहित १० जना मारिए

श्रीनगर, भारत प्रशासित काश्मिर, २३ वैशाख : भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागि काश्मिरी क्षेत्रमा सक्रिय विद्रोही संगठनको निकट मानिने एक