कृषि महोत्सव सम्पन्न

SITENAME

सुर्खेत, २५ वैशाख : जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । 

उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताउनुभयो । महोत्सव ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ सफल पार्ने आधार बनेको उहाँको भनाइ थियो । 

“महोत्सवबाट कर्णालीको धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुगेको छ,” उहाँले भन्नुभयो । 

पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवरले भावी दिनमा जुम्लालाई पर्यटकीय गन्तव्यका रुपमा रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो । 

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने (महत)ले महोत्सवबाट सोचेभन्दा बढी उपलब्धि भएको बताउनुभयो । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले सबै गाउँपालिकाको कला संस्कृतिलाई उजागर गर्न महोत्सवले सघाएको प्रतिक्रिया दिनुभयो । 

महोत्सव आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले महोत्सवले यहाँको खस सभ्यता, पहिरन, खाना परिकार, पर्यटकीय सम्भावना प्रवद्र्धनमा अधिकतम सहयोग पुगेको बताउनुभयो । एक लाख नागरिकले महोत्सवको अवलोकन गर्नाका साथै रु एक करोड ६० लाख कारोवार भएको उहाँले जानकारी दिनुभयो । 

 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ ।

SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग