करेन्ट लागेका भण्डारीलाई बचाउन अपिल

SITENAME

सुरुङ्गा, झापा, २४ वैशाख :  झापाको कचनकवल गाउँपालिका–३ पथरीयास्थित दुर्गाभिट्टाका ३५ वर्षीय टीकाराम भण्डारी अहिले मृत्युसँग जुधिरहनुभएको छ । 

गत वैशाख १० गते कचनकवल गाउँपालिका–६ बनियानी निवासी तीर्थ दाहालको घरमा रङ लगाउन लाग्दा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका भण्डारीको अहिले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको छ । करेन्टले डढेकाले भण्डारीको दाहिने हात काटिएको छ भने देब्रे हातको पनि हत्केला र कुइनासम्म डढेको छ । 

शरीरका विभिन्न भागमा करेन्ट लागेकाले उहाँको देब्रे कोखो र खुट्टाको गोलीगाँठोमा समेत गहिरो चोट लागेको छ । अस्पतालमा नौ दिनसम्म सघन उपचार कक्ष (आइसियु)मा राखेर उहाँको उपचार गरिएकामा अहिले उहाँलाई एचडियूमा राखेर उपचार गरिँदैछ । 

हाइ भोल्टेजको करेन्ट लागेर बेहोस हुनुभएका उहाँलाई ओमसाई पाथीभरा अस्पतालमा र १८ घण्टापछि थप उपचारका लागि बिर्तामोड ल्याइएको थियो । शरीरको आधाजसो भाग डढेर काम नलाग्ने अवस्थामा अस्पताल ल्याइपु¥याइएका भण्डारीको हातबाट इन्फेक्सन शुरु भएपछि हात काटिएको अस्पताल स्रोतले जनाएको छ । 

दाहालको घरमा गत वैशाख १० गते भण्डारीसहित यदु भट्टराई, सुजन ढुङ्गेल र डिल्लीराम अधिकारीले रंग लगाइरहेका थिए । सोही क्रममा उहाँलाई करेन्ट लागेको थियो । दाहालको तीनतले घर नजिकै हाइटेन्सनको लाइन पनि रहेकाले उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लाग्नासाथ काम गर्दै गरेका साथी भट्टराईले भण्डारीलाई कपडामा समातेर झड्कारेर तान्नुभएको थियो । चिकित्सकले उहाँको उपचारमा कुनै कसर बाँकी नराखे पनि निम्न आर्थिक अवस्था भएका भण्डारीलाई अहिले थप उपचारका लागि आर्थिक अभाव छ । 
उपचार खर्चका लागि घरधनी दाहालसँग पटक–पटक पहल गरिएको भए पनि कुनै चासो नदिएको टीकारामका भाइ डेविड भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, दाजुकोे देब्रे हात पनि शल्यक्रिया गरिएको छ । अत्यन्तै निम्न वर्गीय परिवार भएकाले उपचारमा समस्या छ । 

पीडित परिवारले चन्द्रगढीस्थित प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले घरधनीलाई पक्राउ गरेको केही बेरमै रिहा गरेको बताइएको छ । घरधनीले सम्पूर्ण उपचार खर्च व्यहोरेर टीकारामलाई जीविकोपार्जनको व्यवस्था मिलाइदिनुपर्ने पीडित परिवारको माग छ । टीकारामका एक छोरा एक छोरी छन् । तीर्थको घरमा काम गर्दा यसअघि पनि केही कामदारलाई करेन्ट लागेको थियो । 

अहिले टीकारामलाई बचाउन सिङ्गो गाउँ लागेको छ । उहाँको उपचारमा मोटो रकम लाग्ने भएपछि भण्डारी परिवारमात्र होइन समाज नै अहिले चिन्तित बनेको स्थानीय सोमनाथ लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जसोतसो यतिन्जेल थाम्यौँ, अब के गर्ने ? उहाँले भण्डारीलाई बचाइदिन सबैसमक्ष आग्रह गर्नुभयो । 

अस्पतालमा भण्डारीलाई हेर्न आएका अधिकांशले सहानुभूति दिँदै आए पनि कतैबाट सहयोग जुटे टीकारामले नयाँ जीवन पाउने थिए लुइँटेलले आग्रह गर्नुभयो, “म सबैलाई टीकारामको जीवन बचाइदिन अनुरोध गर्छु ।” 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

सर्पको डसाइबाट मृत्यु

सुरुङ्गा, झापा, २८ असार : सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती

SITENAME

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

राजविराज, २८ असार : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले

SITENAME

देवानगंज गाउँपालिका द्धारा विपत ब्यवस्थापन सामग्री वितरण

विराटनगर,२७  असार : विपत ब्यवस्थापनमा प्रयोग हुने आवश्यक सामग्री देवानगंज गाउँपालिकाले एक कार्यक्रम विच वितरण गरिएको हो । देवानगंज गाउँपालिकाका