भारतीय प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै सरसफाइ तीव्र

SITENAME

काठमाडौँ, २२ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ । 

कामपाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका लागि सडकदेखि पूर्वाधार टल्काउने ध्याउन्नमा महानगर लागेको छ । 

“कामपाले विभिन्न संस्थाले विज्ञापन गर्ने उद्देश्यले सडक पेटी र बिजुलीको पोलमा टाँसेका पोस्टर पम्प्लेट, व्यानर, भित्तेलेखनलाई पनि निकालेर शहरलाई सफा बनाउने छ”–आचार्यले भन्नुभयो । 

कामपाले शहरी सौन्दर्यमा असर पर्नेगरी विभिन्न प्रचार सामग्री टाँस्ने र भित्तेलेखन गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने भएको छ । नगर प्रहरी परिचालन गरेर पोस्टर टाँस्नेलाई मात्र होइन पोस्टर टाँस्न लगाउने कम्पनीलाई पनि कारबाही गरिने महानगरले जनाएको छ । यसैबीच, कामपाले प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन पनि गर्ने तयारी गरेको छ । 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

भारतीय प्रमलाई शालिग्राम उपहार दिइने

मुक्तिनाथ, २८ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय

SITENAME

दुई प्रमबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको

SITENAME

आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

पर्सा, २४ वैशाख : पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन्