प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई

SITENAME

विराटनगर, २१ वैशाख : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताउनु भएको छ । 

विराटनगर– १० मा कोषको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

उहाँले तीन तहकै सरकार निर्माण भई कार्य गरिरहेको अवस्थामा जनताको विकास र समृद्धिको चाहनालाई मूर्तरुप दिन कोषको लगानी सहयोगात्मक र अनुकरणीय हुनुपर्नेमा जोड दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कोषले आफ्नो सेवा अझ विस्तार गर्नुपर्ने बताउनुभयो । कोषका मुख्य अधिकृत राजेन्द्र काफ्ले तथा कोषका शाखा शान्ता गौतम, मुख्य प्रशासक तुलसीप्रसाद गौतमलगायतले सामाजिक सुरक्षा अन्तर्गत कोषले निवृत्तिभरण पश्चात पनि सेवा उपलव्ध गराउने योजना ल्याउन लागेको जानकारी दिनुभयो । 

दश कठ्ठा जमिनमा भित्र रु दुई करोड ८६ लाख ५२ हजार १६६को लागतमा निर्मित अपाङ्ग र सूचना प्रविधिमैत्री उक्त दुई तल्ले भवन निर्माण गरिएको हो । कोषले यस क्षेत्रका ८० हजार कर्मचारीलाई सेवा प्रदान गरिरहेको छ ।  

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

देवानगंजमा ग्रामिण पत्रकारिता तालिम

विराटनगर, ५ जेठ :  नागरिक मिडिया प्रा.लि. विराटनगरको आयोजना र देवानगंज गाउँपालिकाको सहयोगमा शुक्रवार देखि अधारभूत ग्रामिण पत्रकारीता तालिम सुरु भएको

SITENAME

छुवाछुतको घटनामा मिलापत्र

धनगढी, ५ जेठ : कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी

SITENAME

किशोरी अवस्थामै पाठेघरको समस्या

अछाम, ५ जेठ : नेपालको सविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ ।  नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान