सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन

SITENAME

कलकत्ता, २ वैशाख : सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट यूनिटी सेन्टर अफ इन्डिया,ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ । 

विरोध कार्यक्रमका सहभागीले अमेरिकी क्षेप्यास्त्र आक्रमणको विरोध गर्दै आक्रमणको विरोध गरौँ भन्ने ‘प्लाकार्ड’सहित शहरका केही भागमा प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीले उक्त विरोध प्रदर्शनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला समेत जलाएका छन् । उक्त पुत्लामा फ्रान्सका राष्ट्रपति इमानुएल म्यक्रोँ र बेलायती प्रधानमन्त्री टरिजा मेको आकृतिका रेखाचित्र रहेका थिए । 

यही अप्रिल १३ गते अमेरिका, बेलायत र फ्रान्सले सिरियाली प्रशासनले आफ्नै जनतालाई लक्षित गरी रासायनिक हतियारद्वारा आक्रमण गरेको भन्दै यसविरुद्ध सिरियाली विद्रोहीको पक्षमा प्रतिवद्धता जनाउँदै आक्रमण गरेका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले क्षेप्यास्त्र आक्रमणपछि गरेको सम्बोधनमा सिरियाली राष्ट्रपति बसर अल–असदको सेनाले विद्रोहीको प्रभावक्षेत्र गुटामा रासायनिक हमला गरेको यसको बदलामा आफूहरूले पनि सिरिया कारबाही चलाएको बताउनुभएको थियो । 

 

 

 

एएनआई

प्रतिकृया दिनुहोस
SITENAME

अफगानिस्तानमा युद्धविरामको समय थप

जलालावाद, अफगानिस्तान, ३ असार : अफगानिस्तानको सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको छ ।  अफगानिस्तानका राष्ट्रपति

SITENAME

मलेसियाका प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको नामावली राजा समक्ष पेश

क्वालालम्पुर, ४ जेठ : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो मन्त्रीपरिषद्का थप सदस्यहरूको नामावली राजा समक्ष पेश गर्नु भएको छ

SITENAME

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

नयाँ दिल्ली, भारत, १ जेठ : उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति