कृषि अनुदानमा हुने दुरुपयोग रोक्न विशेष व्यवस्था : कृषिमन्त्री

SITENAME

कपिलवस्तु, २ वैशाख :  कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताउनुभएको छ । 

मेहनती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै मन्त्री खनालले अब सिधै किसानको हातमा पुग्ने व्यवस्था मिलाइरहेको जानकारी दिनुभयो । 

आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तुको मायादेवी गाउँपालिका–७ हरनामपुरमा आज आयोजित खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री खनालले सिंहदरबारबाट निस्कने अनुदानको रकम बीचमै हराउने रोगको अब अन्त्य गरिने दाबी गर्नुभयो । 

“मेहनती किसानलाई राज्यले अनुदान दिन्छ, अब त्यो सिधै किसानको हातमा आउने संयन्त्र निर्माण गर्छौं”, कृषिमन्त्री खनालले भन्नुभयो, “किसानको नाममा विगतमा भएका ब्रह्मलुटको अब अन्त्य भइसकेको छ । देशलाई आत्मनिर्भर बनाउन र उत्पादन बढाउन कृषकको योगदान बिर्सन सकिन्न ।” 

मन्त्री खनालले बाँझो खेतमा हरियाली बनाउने गरी अबको बजेटमा विशेष सुपरजोन लागू गरिनेसमेत जानकारी दिनुभयो । मन्त्रीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको जमिनमा उत्पादन हुने बालीको विशेषताका आधारमा सुपरजोन, जोन तथा पकेट क्षेत्र निर्माण गरिनेसमेत जानकारी दिनुभयो । 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

सर्पको डसाइबाट मृत्यु

सुरुङ्गा, झापा, २८ असार : सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती

SITENAME

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

राजविराज, २८ असार : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले

SITENAME

देवानगंज गाउँपालिका द्धारा विपत ब्यवस्थापन सामग्री वितरण

विराटनगर,२७  असार : विपत ब्यवस्थापनमा प्रयोग हुने आवश्यक सामग्री देवानगंज गाउँपालिकाले एक कार्यक्रम विच वितरण गरिएको हो । देवानगंज गाउँपालिकाका