खोरेत महामारी नियन्त्रणमा आएन

SITENAME

मलेखु, धादिङ, १ वैशाख : दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ मा भैँसी र गाईमा खोरेतको महामारी फैलिएको एक साता भइसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन । 

दुई सय भैँसी र केही गाईमा खोरेतको महामारी फैलिएको र खोप तथा औषधि नहुँदा समस्या आएको गल्छी गाउँपालिकाका पशु प्राविधिक मीना अधिकारीले बताउनुभयो । सरकारले कृषि र पशुका लागि खर्च गर्न पठाएको रकम सडकमा खर्च गरेकाले अहिले महामारी फैलिँदा खर्च गर्न सकिएको छैन । गाउँपालिकाले पशु प्राविधिक अधिकारीलाई सो क्षेत्रका लागि खटाएको छ । औषधि उपचार गर्न औषधि र खोप नभएकाले सीमित साधन स्रोतका कारण उपचार प्रक्रियासमेत प्रभावकारी नभएको अधिकारीको भनाइ छ । 

पशुपालन गरेर दूध बिक्री गर्दै आएका यस क्षेत्रका किसान पशुमा खोरेत लागेपछि समस्यामा परे पनि गाउँपालिकाले उपचार तथा औषधि केही उपलब्ध नगराएको कृषक कृष्णबहादुर भुजेलले बताउनुभयो । 

शुरुमा कडा ज्वरो आउने, ¥याल काढ्ने, खुट्टाको खुर र मुख पाक्ने र पशुले खुट्टा खोच्याउनेलगायत समस्या देखिने सो रोग एक पशुबाट अर्को पशुमा हावा र ¥यालको माध्यमबाट संक्रमण बढ्दै गएको छ । 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

सर्पको डसाइबाट मृत्यु

सुरुङ्गा, झापा, २८ असार : सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती

SITENAME

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

राजविराज, २८ असार : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले

SITENAME

देवानगंज गाउँपालिका द्धारा विपत ब्यवस्थापन सामग्री वितरण

विराटनगर,२७  असार : विपत ब्यवस्थापनमा प्रयोग हुने आवश्यक सामग्री देवानगंज गाउँपालिकाले एक कार्यक्रम विच वितरण गरिएको हो । देवानगंज गाउँपालिकाका