आर्थिक गणना वैशाखदेखि

SITENAME

भक्तपुर, २६ चैत : आउँदो वैशाखदेखि भक्तपुरमा पहिलो पटक आर्थिक गणना २०७५ शुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने भएपछि त्यसलाई सफल पार्न भक्तपुर जिल्लाले वैशाखदेखि नै गणना शुरु गर्ने भएको हो । यसको तयारी जिल्लामा पनि तीव्र रुपमा भइरहेको छ । 

आर्थिक गणनाका लागि आवश्यक जनशक्ति तयार पार्न जिल्लामा ६१ गणक र नौ निरीक्षक छनोट भई ब्यासीस्थित वासु माविमा शुरु भएको तालीमको भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले देशमै पहिलो पटक हुन लागेको आर्थिक गणनाले मुलुकको दिगो विकासका लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्यांक प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 


आर्थिक गणनाअन्तर्गत अन्य जिल्लामा जस्तै गणक सबै व्यावसायिक आर्थिक एकाई अर्थात् प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गरिनेछ । वैशाख र जेठ महिना आर्थिक एकाईको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने भएको छ । 

जिल्ला गणना अधिकृत सुरेन्द्र रावलले भक्तपुरमा आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक छनोट भई तालीममा सहभागी गराइएको बताउनुभयो । आर्थिक गणनामा कुनै पनि व्यावसायिक आर्थिक एकाई नछुट्ने र नदोहोरिने गरी प्रशिक्षण दिइएको छ । वैशाखदेखि इन्टरनेट र कागजी प्रश्नावली फारमको प्रयोग गरी आर्थिक एकाईको विस्तृत विवरण संकलन गर्ने गरी आर्थिक गणना गरिने उहाँको भनाइ छ । 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

फर्निचर उद्योगमा आगलागी रु बीस लाखको क्षति

राजविराज, २६ चैत : सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति

SITENAME

वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति

कञ्चनपुर, २६ चैत :लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो

SITENAME

जोखिम मोलेर मह शिकार

बागलुङ, २५ चैत : गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए ।