आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो

SITENAME

काठमाडौँ, २६ चैत : हिमालय उद्धार संघले हिमाल आरोहण गर्ने आरोहीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नौ चिकित्सक खटाएको छ । 

संघले वसन्त ऋतुमा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर दुई नेपाली र सात विदेशी चिकित्सक खटाएको हो । जसमा सोलुखुम्बुको सगरमाथा आधार शिविरमा तीन, सोलुखुम्बुको फेरिचेमा तीन र मनाङको मनाङगाँउमा तीन चिकित्सक खटाएको छ । 

स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सकहरु पठाएको संघका कार्यकारी निर्देशक प्रकाश अधिकारीले जानकारी दिनुभयो । 
पर्यटन विभागले दिएको जानकारीअनुसार यो सिजनमा अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । जसमा सगरमाथा चढ्न मात्रै २३ समूह र बाँकी अरू हिमाल चढ्नका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । छ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

२० हजार भन्दा बढी बिरामीको स्वास्थ्य शिविरबाट उपचार

विराटनगर, ३ असार : विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क

SITENAME

लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए

तुलसीपुर, दाङ, ४ असार : तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी

SITENAME

खोप लगाउन आउने बालबालिका बढ्दै

ललितपुर, २२ जेठ : गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ ।  अस्पतालले दिने सेवामध्ये