वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति

SITENAME

कञ्चनपुर, २६ चैत :लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो । 

महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९ उद्योगका झण्डै दश लाखभन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ । प्रतिइँट्टाको लागत रु नौदेखि रु १२ सम्म पर्ने गरेको छ । इँट्टा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइने गरिन्छ । “लगातार वर्षा होला भनेर सोचेका थिएनौँ”, अध्यक्ष बुडालले भन्नु भयो, “भारतबाट इँट्टा बनाउने मजदुर झिकाएर धमाधम इँट्टा तयार पार्दै थियौँ वर्षाले गर्दा सबै नोक्सानी भएको छ ।” लाखौँका तयारी इँट्टामा प्राकृतिक विपद्बाट नोक्सानी भएपछि मर्कामा परेको उहाँले बताउनु भयो ।

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

आर्थिक गणना वैशाखदेखि

भक्तपुर, २६ चैत : आउँदो वैशाखदेखि भक्तपुरमा पहिलो पटक आर्थिक गणना २०७५ शुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन

SITENAME

फर्निचर उद्योगमा आगलागी रु बीस लाखको क्षति

राजविराज, २६ चैत : सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति

SITENAME

जोखिम मोलेर मह शिकार

बागलुङ, २५ चैत : गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए ।