डायलासिस र एक्स–रे सिआर्म यन्त्र प्रयोगविहीन

SITENAME

तुलसीपुर, दाङ, २५ चैत : यहाँको एक मात्र सरकारी अस्पताल साविकको राप्ती अञ्चल अस्पतालमा बिरामीले प्रभावकारी सेवा पाउनसकेका छैनन् । 

जनताले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउनका लागि विसं २०६५ मा महापुराण लगाएर रु दुई करोड तथा करीब पाँच बिघा जग्गा सो अस्पताललाई जुटाइदिएका थिए । तत्कालीन सरकारले तुलसीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरेर अञ्चल अस्पताल बनाउने निर्णय गरेको थियो । 

अथक मेहनत तथा सहयोग गरेर स्थापना गरेको सो अस्पतालमा हालसम्म पनि विशिष्ट सेवा पाउन नसक्दा आफूहरु निराश बन्नुपरेको तुलसीपुरवासीको गुनासो छ । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सो अस्पतालको नाम अझै पनि राप्ती अञ्चल अस्पताल नै छ । 

अहिले अस्पतालमा १७ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि पाँच जना मात्र कार्यरत छन् । एक वर्ष अगाडि ठूलो मूल्यमा ल्याइएको डायलासिस र एक्स–रे सिआर्म यन्त्र हालसम्म पनि प्रयोग हुन नसक्दा यहाँका बिरामीलाई चर्को मूल्य तिरेर बाहिरी जिल्ला पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी मीनराज भण्डारीले बताउनुभयो । 

त्यसैगरी अस्पतालले पहिलेदेखि नै सञ्चालनमा ल्याउने भनी ल्याइएका सघन उपचार कक्ष÷ एनआइसीयुका सामग्री पनि प्रयोगविहीन अवस्थामा पुगेको अस्पताल निकट स्रोतले जनाएको छ । त्यसैगरी अस्पतालले सञ्चालन गरेको औषधालयबाट पनि बिरामीले नियमित रुपमा सेवा पाउन सकेका छैन् । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक र यन्त्र सञ्चालनका लागि दक्ष जनशक्ति र बिजुलीको भरपर्दो व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उपयुक्त दरबन्दी नपठाउँदासम्म सहज रुपमा सबै सेवा प्रवाह गर्न समेत सकिँदैन । ” 

 

 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

भ्रटाचारले स्वास्थ्य सेवालाई कसरी अवरुद्ध बनाउँछ

इस्लामाबाद, २८ चैत : विश्वका आधा जनताले अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् । चिकित्सकलाई देखाउँदा लाग्ने खर्च तिर्नु, चिकित्सा सेवा

SITENAME

आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो

काठमाडौँ, २६ चैत : हिमालय उद्धार संघले हिमाल आरोहण गर्ने आरोहीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नौ चिकित्सक खटाएको छ ।  संघले वसन्त ऋतुमा हिमाल

SITENAME

शल्यक्रियाका लागि २१ घन्टाभन्दा बढी समय दिन आग्रह

काठमाडौँ, २२ चैत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले अस्पतालहरुमा हाल दैनिक २१ घन्टा मात्र शल्यक्रियाका लागि समय दिइएका अब सो