‘नेपाल साहित्य महोत्सव’ सोमबार

SITENAME

काठमाडौँ, २५ चैत : यही चैत २६ गते जनआन्दोलन दिवसका अवसरमा गोकर्णमा ‘नेपाल साहित्य महोत्सव’ गरिने भएको छ । 

गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा हुने उक्त महोत्सवमा बहुभाषिक कविगोष्ठी, पुस्तक तथा पत्रपत्रिका प्रदर्शनी, विद्यालयस्तरीय सांस्कृतिक, लोक तथा राष्ट्रिय नृत्य, स्थानीय झाँकी प्रदर्शनीलगायत कार्यक्रम गरिने छ । 

महोत्सव व्यवस्थित गर्नका लागि प्रतिनिधिसभा सदस्य कृष्ण राई र प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको संयोजकत्वमा ५१ सदस्यीय मूलआयोजक समिति गठन भइसकेको छ । 

समितिका संयोजक राईले मुलुकमा प्रजातान्त्रिक प्रणाली स्थापना गर्नका लागि गरिएको आन्दोलनको ऐतिहासिक पक्षलाई स्मरण गरेर हुन लागेको साहित्यिक गतिविधिले विभिन्न समयमा देशमा भएका आन्दोलन र संघर्षका आयामलाई समेट्ने विश्वास व्यक्त गर्नुभयो । 

पञ्चायती शासनविरुद्ध विसं २०४६ फागुन ७ गते शुरु भएको जनआन्दोलन दुई महिना नबित्दै उत्कर्षमा पुगेपछि चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले दलमाथि लगाइएको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्थापना गरेका थिए ।

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार  :  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित

SITENAME

न्यून अंक ल्याउनेले पनि पढ्न पाउने भएपछि गुणस्तर खस्कँदो

काठमाडौँ, ९ असार : अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक ९जिपिए० ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने

SITENAME

एसईईको परीक्षाफल सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

भक्तपुर, ९ असार :  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा एसईई  अर्थात कक्षा १० को परीक्षाफल