संसदीय दलको विधान तयार पार्ने जिम्मा सहअध्यक्षलाई

SITENAME

काठमाडौँ, २२ चैत : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संसदीय दलको विधान र नियमावली बनाउन पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ । 

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले पार्टीका सांसदबाट रु दश हजारका दरले मासिक लेबी उठाउने निर्णय पनि गरेको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो । पार्टीभित्र आकांक्षी बढेका कारण राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन । अध्यक्षमण्डलका शीर्ष नेताबीच नै प्रतिस्पर्धा देखिएकाले दलको नेताको टुङ्गो नलागेको हो । वैशाखको पहिलो साता दलको नेता चयन हुने राजपाले जनाएको छ । 

संघीय संसद्मा राजपाबाट १९ सांसद छन् । कारागारमा रहेका सांसद रेशम चौधरीको व्यवस्थापनका लागि पहल गर्ने तथा उहाँको शपथका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको महासचिव झाले बताउनुभयो । हालैको असिनापानी र हुरी बतासले क्षति पु¥याएका किसानलाई राहत दिलाउन पनि राजपा बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

वाइडबडी घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

काठमाडौँ, ३० पुस : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो

SITENAME

वैकल्पिक शक्तिका रुपमा फोरम

धनुषा, २७ पुस : उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट (नेकपा) र

SITENAME

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही गर्नुपर्छ– सभापति देउवा

विराटनगर, २० पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताउनुभएको छ