व्यावसायिक उपकरणको सुरक्षा दिन माग

SITENAME

काठमाडौँ, २१ चैत : नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी र व्यावसायिक उपकरणलाई सुरक्षा दिन माग गरेको छ । 

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा आज मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भेटेर धरान–सिन्धुली–चतारा सडकखण्डमा राखिएका सवारी साधन अज्ञात समूहबाट बम प्रहार गरी ठूलो क्षति पु¥याइएकाले महासंघले सुरक्षा दिन माग गरेको हो । भेटमा महासंघका अध्यक्ष श्रेष्ठले निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति मन्त्रीलाई जानकारी गराउँदै निर्माण व्यवसायी र व्यावसायिक उपकरणलाई पूर्ण सुरक्षा दिन माग गर्नुभयो । 

सडक निर्माण आयोजनामा प्रयोग भइरहेका टिपर, रोड रोलर, लोडर, बोलेरो जीपलगायत सवारी साधनमा बम प्रहारका कारण भएको आगजनीबाट करोडौँ मूल्य बराबरको क्षति भएको महासंघले जनाएको छ । बम प्रहारबाट भएको क्षतिको क्षतिपूर्ति मिलाई दोषीलाई तत्काल पक्राउ गरी कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ । 
जवाफमा मन्त्री महासेठले व्यवसायीका समस्या समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी महासंघका महासचिव रामशरण देउजाले राससलाई जानकारी दिनुभयो । 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

विराटनगर ,८ भदौ :सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिकाले एक कार्यक्रम वीच देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको हो ।

SITENAME

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

काठमाडौँ, १० साउन : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा

SITENAME

कारागारकी युवतीबाट शिशुको जन्म

भद्रपुर, १० साउन रासस : जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार